काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। उनले अर्थमन्त्रीको पदमा हुँदा उपलब्ध गरिएको उक्त कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा बुझाइएका हुन् ।
अर्थमन्त्री खनालले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “मलाई अर्थमन्त्रीको हैसियतमा उपलब्ध गराइएको कूटनीतिक राहदानी नं. डीए ०००२७१० को प्रयोजन अब समाप्त भएकाले यसलाई परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइ दिनुहुन अनुरोध गर्दछु।”
यस अनुरोधअनुसार उनले प्रशासन महाशाखामा आफ्नो कूटनीतिक राहदानी बुझाएका हुन्।
