काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग मिलेमतोमा फेवा ताल अतिक्रमणमा सहकार्य गर्दै आएका गण्डकी प्रदेशका डिआइजी दिनेश आचार्य काठमाडौं तानिएका छन् । उनलाई प्रहरी प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले सरुवा गरेको हो । उनको स्थान गण्डकी प्रदेश प्रहरी कार्यालयमा डिआइजी दिपेन्द्र घर्ति क्षेत्रीको सरुवा भएको छ । उनी यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा थिए । डिआइजी आचार्यलाई प्रहरी प्रतिष्ठानमा सरुवा गरिएको छ ।
पोखराका मेयर धनराज आचार्यले आफू निकट ब्यक्तिहरु मार्फत फेवा ताल अतिक्रमण गर्दै आएका छन् । फेवातालबाट ५ किलोमिटर भन्दा माथि स्थानिय जनताले आफ्नो लालपुर्जा भएको जमिनमा एक टिफर माटो राख्दा प्रहरीले पक्राउ गर्दै मुद्दा चलाउँदै आएको छ । पक्राउ परेकाहरुलाई वनको मुद्दा लगाउने कोशिस हुँदा वनका कर्मचारीले नापजाँच गर्दा उक्त जग्गा वनको नभई व्यक्तिको रहेको खुलेपछि स्थानियलाई रिहा गरिएको थियो । यता फेवा तालकै ६५ मिटर मापदण्ड भित्रका क्षेत्रमा भने क्याफे क्यालिफोर्निया लगायतको रिसोर्ट तयार भएका छन् ।
फेवाताल नै रक्ताम्य हुने गरि अतिक्रमण हुँदा समेत प््रहरी र स्थानिय निकाय रमिते भएर बसेको थियो । डिआइजी आचार्य र मेयर आचार्यको मिलेमतोमा वडा नम्बर ३३ का स्थानियबासीमाथि समेत ज्यादती भइरहेको छ । केहीदिन अघि स्थानिय मोहन थापालाई खुकुरी प्रहार गर्ने मेयर निकट वडाध्यक्ष रामचन्द्र अधिकारीलाई डिआइजी आचार्यकै निर्देशनमा साधारण तारेखमा छाडिएको थियो । त्यस्तै क्यासिनो माहाराजामा पुग्दा डिआइजी आचार्यलाई सम्मान नगरेको भन्दै एक बाउन्सरलाई अभद्र व्यवहारको झूटा मुद्दामा बैदामस्थित वडा प्रहरी कार्यालयमा हिरासतमा राखिएको थियो ।
डिआइजी सरुवा भएर आएको केहीमहिनामै गत साउनमा उनी डिआइजी पदको गरिमालाई समेत विर्सिएर मानव बेचविखन मुद्दामा कारागार चलान भई रिहा भएका गुरुङ थरका एक व्यक्तिको जन्मदिनको केक काट्न दलबलसहित गोरखासम्म पुगेका थिए ।