काठमाडौँ । विवादित मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ अभियान’ का संयोजक दुर्गा प्रसाई हाजिरी जमानीमा रिहा भएका छन्। सोमबार पोखराबाट पक्राउ परेका प्रसाई मंगलबार हाजिरी जमानी मार्फत रिहा भएका हुन् ।
निर्वाचन आयोगविरुद्ध भ्रामक सूचना फैलाएको आरोपमा पक्राउ परेका उनलाई सोमबार साँझ काठमाडौँ ल्याइएको थियो । निर्वाचन आयोगले अनुसन्धानका लागि साइबर ब्यूरोलाई पत्राचार गरेको थियो । प्रसाईले आयोगको मान्यता र आन्तरिक राजनीतिक विषयमा दिएका अभिव्यक्तिहरूलाई आयोगले आपत्तिजनक र संवैधानिक निकायको इमेजमा नकारात्मक प्रभाव पार्ने किसिमको भनेको थियो ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानी स्वीकृत गरी प्रधानमन्त्री अदालतमा पेश गर्दा, अदालतले उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो । यस अनुसार दुर्गा प्रसाईले आगामी म्यादसम्म समय(समयमा अदालतमा उपस्थित हुनुपर्नेछ ।