विप्लव समुहद्धारा अरुण तेस्रो जलविद्युत आयोजनामा कुकर बम विस्फोट

दियो पोस्ट  

काठमाडौँ, माघ १२ । संखुवासभामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजना परिसरमा बम विस्फोट भएको छ । जिल्लाको चिचिला गाउँपालिका वडा नम्बर ३ स्थित आयोजनास्थलमा आइतबार दिउँसो बम बिस्फोट भएको हो ।

विस्फोटमा नेत्रविक्रम चन्द नेतृत्वको समुहको हात हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ । कुकर बम पड्किँदा जेनेरेटर नजीकै पर्खालमा पनि क्षति पुगेको छ । घटनास्थलमा कुकरका टुक्रा भेटिएका छन् ।

घटनलगत्तै परिचालित भएको प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ गरेको छैन । विस्फोटबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । घटनास्थलमा कुकरका टुक्रा भेटिएका छन् ।