काठमाडौँ, माघ १३ । गायिका आस्था राउतले कानुनभन्दा कोही पनि माथि नभएको स्वीकार गरेकी छिन् । सोमबार प्रहरी नियन्त्रणमा रहेकी गायिका राउतले कानुनअनुसार पाउने सजाय भोग्न तयार भएको बताएकी हुन् ।
सोमबार महानगरिय प्रहरी परिसर टेकुमा पुगेकी गायिका राउतसँग प्रहरीले बयान समेत लिइसकेको छ । उनलाई सरकारी वकिल कार्यलय पठाउने तयारी गरिएको छ । वयानको क्रममा आफुलाई सौहार्दपुर्ण वातावरणमा आफ्नो कुराहरु राख्न दिएको बताउँदै उनले कानुनअनुसार हुने सजाय सहर्ष स्वीकार गर्ने बताएकी हुन् ।
केही दिनअघि विमानस्थलमा खटिएकी महिला प्रहरीले आफुमाथि अभद्र व्यवहार गरेको भन्दै गायिका राउतले फेसबुकमार्फत आक्रोश पोख्दै प्रहरी संगठनमाथि नकारात्मक शब्दहरु प्रयोग गर्दै गालीगलौज गरेकी थिईन् । विमानस्थलमा खटिएकी महिला प्रहरीकै उजुरीका आधारमा उनिबिरुद्ध पक्राउ पुर्जी जारि भएको थियो ।
पक्राउ पुर्जी जारि भएको करिब एक सातापछि गायिका राउत आफन्तसहित प्रहरी कार्यलयमा उपस्थित भएकी हुन् ।