बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य: आगो बालि धुँवा निकालेर संकेत दिन प्राधिकरणको विशेष आग्रह

राजेन्द्र भट्ट

काठमाडौँ । आज बिहान रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लाहरू प्रभावित भएका छन्। बाढी प्रभावित ती जिल्लाहरूमा हाल विपद्मा परेकाहरूको खोजी तथा उद्धार कार्य तिब्र रूपमा जारी रहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक विशेष अनुरोध जारी गर्दै वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ लगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सम्पूर्ण संघसंस्थाहरूलाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोजी तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ।

उद्धारका लागि संकेत गर्ने तरिका

प्राधिकरणले उद्धारको प्रतीक्षामा रहेका व्यक्तिहरूलाई आफ्नो उपस्थिति जनाउन विशेष तरिका अपनाउन आग्रह गरेको छ। उद्धारको लागि ध्यानाकर्षण गराउन आफू रहेको वा बसेको ठाउँमा आगो बालि धुँवा निकालेर संकेत गर्न अनुरोध गरिएको छ।

साथै, हेलिकोप्टरबाट उद्धार लिनका लागि सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ।

आपत्कालीन सम्पर्क नम्बरहरू

विपद्मा परेका वा सहयोग चाहिएका नागरिकहरूका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र DEOC का सम्पर्क नम्बरहरू यस प्रकार रहेका छन्:

  • रसुवा: प्रमुख जिल्ला अधिकारी (९८५१२७७७७७), सहायक प्रमुख जिल्ला अधिकारी (९८५११६४४२२), DEOC (१२३४), नेपाल प्रहरी (९८५१२८२८०१), सशस्त्र प्रहरी बल (९८५१२७२२७५)

  • नुवाकोट: प्रमुख जिल्ला अधिकारी (९८५११४७७७७), सहायक प्रमुख जिल्ला अधिकारी (९८५१२४८७७७), DEOC (१२३४), नेपाल प्रहरी (९८५१२८२८११), सशस्त्र प्रहरी बल (९८५१२७२५३५)

  • धादिङ: प्रमुख जिल्ला अधिकारी (९८५१२४७७७७), सहायक प्रमुख जिल्ला अधिकारी (९८५११९६१३१), DEOC (१२३४), नेपाल प्रहरी (९८५१११३९२१), सशस्त्र प्रहरी बल (९८५१२७२४९१)

  • चितवन: प्रमुख जिल्ला अधिकारी (९८५५०१७७७७), सहायक प्रमुख जिल्ला अधिकारी (९८५५०८८८९१), DEOC (१२३४), नेपाल प्रहरी (९८५५०९०१३३), सशस्त्र प्रहरी बल (९८५१२७२१३४)

  • गोरखा: प्रमुख जिल्ला अधिकारी (९८५६०५७७७७), सहायक प्रमुख जिल्ला अधिकारी (९८५६०५७७७८), DEOC (१२३४), नेपाल प्रहरी (९८५६०९०२५५), सशस्त्र प्रहरी बल (९८५१२७२२७१)

  • तनहुँ: प्रमुख जिल्ला अधिकारी (९८५६०६७७७७), सहायक प्रमुख जिल्ला अधिकारी (९८५६००११११), DEOC (१२३४), नेपाल प्रहरी (९८५६०९०१७८), सशस्त्र प्रहरी बल (९८५१२७२०९९)

May be an image of ticket stub and text

सिफारिस