काठमाडौं । हार्वड विश्वविद्यालयका राजनीतिशास्त्री स्टेभन लेविस्की र डानियल जिब्लाटद्वारा लिखित ‘हाउ डेमोक्रेसी डाइ’ अर्थात प्रजातन्त्रको मृत्यु कसरी हुन्छ भन्ने पुस्तकमा प्रजातान्त्रिक संस्थाहरुको जीवन र मृत्युबारे उल्लेख छ । प्रजातन्त्रमा संस्थाहरुको मृत्युको शुरुवातले व्यवस्थाको आयु निर्धारण हुने उनको ठम्याई छ । नेपालमा पनि लेखकले भने जस्तै सरकार र प्रजातान्त्रिक सरकारका संस्थाहरुको मृत्यु हुने प्रक्रियामा गएको हो की भन्ने आशंका छ । यहाँको सिंहदरबार, अदालत, संसदलाई तीन दलले बन्धक बनाएर राखेका थिए । कर्मचारीतन्त्र होस् वा प्रहरीमा चरम राजनीतिकरण गरिएको थियो ।
ईमान्दार प्रहरीमाथि दलीय आवरणमा हुने अन्यायको कुनै सिमा थिएन । दलको झण्डा बोकेका व्यक्तिहरु प्रहरीको प्रमुख महारिक्षक हुने संस्कार नै बनेको थियो । प्रहरी भित्र दलीय राजनीतिकरण गर्ने प्रमुख व्यक्तिहरु मध्ये निवर्तमान प्रधानमन्त्री खड्क प्रसाद ओली पनि पर्छन् । ओलीकै सहारामा प्रहरीभित्र चरम गुटबन्दी र अनियमिततामा समेत संलग्न व्यक्तिहरु नै अहिले जेनजी विद्राहमा सामेल युवाहरुलाई सुशासनको उपदेश दिइरहेका छन् । त्यतिमात्रै होइन उनीहरु भावी गृहमन्त्री भन्दै आफ्ना भक्तहरुमार्फत पदको बार्गेनिङमा समेत लागेका थिए । अहिले सरकारलाई सुशासनको उपदेश दिनेमा उनीहरु अग्रमोर्चामा छन् । तर, प्रहरीभित्र व्यवहारले ईमान्दार रहेका कतिपय उच्च अधिकारी आफ्नो सामान्य जीवन यापन गरिरहेका छन् ।
डिआइजी विश्वराज पोखरेलकै घुमुवा लुटपाटमा, पत्रकारसहित ३ प्रहरी पक्राउ !
तत्कालिन प्रधानमन्त्री केपी ओलीको सहारामा दर्जनौँ प्रहरीमाथि अन्याय गर्दै बढुवा पाउने व्यक्ति हुन् पूर्वएआइजी विश्वराज पोखरेल । उनी केहीदिनअघि गृहमन्त्री बन्ने चर्चामा थिए । आफ्ना अनुयायीहरुलाई पोखरेलले तस्विरसहित भावी गृहमन्त्री भन्दै प्रचारप्रसार गराएका थिए । तर, गृहमन्त्रीमा संवैधानिक कानुनको ज्ञाता समेत रहेका ओम प्रकाश अर्याल नियुक्त भए । युट्युव र सामाजिक संजालमा आफूसँग ७ करोड घुस माग्न बालुवाटारबाटै विचौलिया आएको दाबी गर्ने उनले विचौलियाको नाम भने भन्न सकेका छैनन् । पदमा हुँदा विचौलियालाई थुनाउन सक्ने हैसियत भएपनि चुपचाप बसेर उनले आज यो विषयमा खुलाशा गर्नुको कुनै तुक होला वा नहोला तर, यति भन्न नयाँ सरकारमा आफ्नो भूमिका पाउँछु की भनेर उनले पनि नक्कली जेनजी बन्ने कोशिस गरेकै हुन् ।
एक जना डिआइजीको सडक दुर्घनामा परेर निधन भएको शोक समेत पुरा नहुँदै मानवीय संवेदना समेत ख्याल नगरी एमाले नेता इश्वर पोखरेलको सिफारिसमा प्रधानमन्त्री ओलीको दबावमा डिआइजीमा एकल बढुवा भएका पोखरेल राजनीतिक जम्प हान्ने प्रहरीको रुपमा चिनिन्थ्यो । त्यसलगत्तै एमाले अध्यक्ष ओलीकै सिफारिसमा उनी एकल एआइजी समेत बढुवा भएका थिए ।
राज्य व्यवस्था समितिको निर्देशनलाई समेत लत्याएर उनलाई तत्कालिन केपी ओली सरकारले २०७७ मंसिरमा एआइजीमा बढुवा गरेको थियो ।
जब एआइजी पोखरेलले सर्वोच्चकै ‘चार न्यायाधीश’को कल डिटेल्स निकालेर चोलेन्द्रलाई बुझाए !
त्यतिमात्रै होइन पोखरेललाई बढुवा गर्नकै लागि २०७७ कार्तिक २७ मा एआइजीको एउटा दरबन्दी नै सिर्जना गरिएको थियो । पोखरेल एआइजी पदमा रहँदा उनको तालुकदार आइजीपी थिए शैलेश थापा । तुलनात्मक रुपमा अध्ययनशिल र कुनै दाग समेत नलागेका थापाको भन्दा पोखरेलको सचिवालय ठूलो थियो । उनले दुई जना डिएसपीलाई आफ्नो सचिवालयमा राखेर आइजीलाई चुनौती दिएका थिए । त्यतिबेला आइजीपीका सचिवालयमा बसेका अधिकृतहरुका अनुसार उनले भावि आइजी मै हुँ भन्दै अशुली धन्दा नै चलाएका थिए । प्रहरीको पोसाक र खरिद ठेक्काका मिश्र थरका एक ठेकेदारसँग उनले अग्रिम ४० लाख रुपैयाँ लिएका थिए । ‘उहाँले म आइजीपी हुने हो । अब सबै पोसाक र खरिदको ठेक्का म तपाईलाई मिलाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ लिनु भयो । तर, सरकारले पोखरेलजीलाई आइजीपी बनाएन । त्यसपछि पोखरेल सापले राजिनामा दिनु भयो । राजिनामा स्विकृत भएपछि ठेकेदार मिश्रले पैसा फिर्ताका लागि निकै पहल गर्नुभयो । पोखरेलको घरसम्म पुग्नु भयो । तर, पोखरेलले पैसा दिनु भएन,’ ती अधिकारीले दियोपोस्टसँग भने ।
‘आइजी’बन्न पोखरेलको ‘दौड’ : ‘बाबा’ मार्फत ‘रअ’ भेट्न भारत, देउवा भेट्न रामहरीको फेरो !
ती अधिकारीका अनुसार पाेखरेलकाे धुम्बाराही अाेरालाेमा रहेकाे घरमा पीडित ठेकेदार पटक पटक रकम माग्न गएका थिए । तर, पाेखरेलले सत्ता र शक्तिकाे अाडमा टारेका थिए ।
त्यतिमात्रै होइन पोखरेल काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) हुँदा धेरै निर्दोष व्यापारीहरुलाई झूटो मुद्दा लगाएर फसाइएको छ । ती कतिपय व्यावसायीले आफ्नो व्यापार र सामाजिक हैसियत गुमाएपछि तीनै तहको अदालतबाट सफाई पाएका छन् । विवादित प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणाको शक्ति देखाएर उनले प्रहरीमा धेरै तुजुक देखाएका छन् । ती तथ्यपनि खुल्दै जानेछन् ।
उनै पोखरेल अहिले जेनजी अभियानलाई उपदेश दिने नाउँमा विभिन्न टेलिभिजनमा छाउने गरेका छन् ।
एआइजी बन्न अस्वस्थ प्रतिस्पर्धा: जुनियर ब्याचका डिआइजी विश्वराज पोखरेलको दौडधुप !
स्मरणीय के छ भने देशको सेवा गर्छु भनि कसम खाएका उनलाई तत्कालिन सरकारले अघिल्लो केपी ओली नेतृत्वको सरकारले गरेको गैरकानुनी निर्णय सच्याउँदै नेपाल प्रहरीको प्रमुख आइजीपी नियुक्त नगर्ने निर्णय गरेपछि पोखरेल जागिर छोडेर भागेका थिए । कर्तव्य निभाउन समेत असक्षम रहेका यी नै पोखरेल अहिलेको सरकारलाई कर्तव्य सिकाइरहेका छन् ।
‘सम्मानजनक स्थान चाहियो’ भन्दै एआइजी विश्वराज पोखरेल कांग्रेस नेताको घर दैलोमा !
अन्तत : हाजिर हुन आएनन् एआइजी पोखरेल : प्रवक्ता भन्छन्,‘उहाँमाथि कुनै कारबाही हुँदैन’
आफूभन्दा सिनियर १० एसएसपीको ‘छातीमा टेकेर’ रकेट शैलीमा बढुवा भएका थिए पोखरेल !
‘देशद्रोही’ गतिविधिमा एआइजी विश्वराज पोखरेल : आइजी बन्न भाजपा नेताको घरदैलो !