मकवानपुर । प्रहरीमा आफूलाई निकै चर्चाको पात्र बनाउँदै आएका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेल विवादमा तानिएका छन् ।
कुनै समय घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको कारण देखाउँदै नयाँ सेट परिवर्तन गरेको भन्दै सञ्चार माध्यममा छाएका पोखरेलले नयाँ सेट लुटपाटको घटनामा प्रयोग गर्ने गरेको खुलेको छ ।
डिआईजी पोखरेलले एसपी रेवती ढकालको कमाण्डमा खटाएको नयाँ सीआरभी टोली नै लुटपाट गर्दा गर्दै पालुङबाट पक्राउ परेको हो ।
पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत र पत्रकार भनिने सुजन आचार्य रहेका छन् ।
मकवानपुरको कैलाश गाउँपालिकाकी धनलक्ष्मी गुरुङको घरमा लुटपाट गर्ने क्रममा उनीहरु पक्राउ परेको बताइएको छ ।
मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरेरै घटना सार्वजनिक गर्दैछ ।