दुर्घटनामा मृत्यु भएका डिआइजीको ‘खाली पद’ मा एसएसपीको आँखा, को हुन् संवेदनाहिन एसएसपी ?

दियो पोस्ट  

काठमाडौं, १९ वैशाख । प्रहरीमा हुने राजनीतिक दबावमा राजनीतिक दलका नेतालाई अक्सर दोष दिने चलन छ । तर, वास्तविकता भने त्यस्तो छैन । केही प्रहरी अधिकारी कै निम्तोमा राजनीतिक दलका नेताहरु प्रहरीमा हस्तक्षेप गर्न अग्रसर हुन्छन् ।


त्यस्ता प्रहरी अफिसर हुन्–एसएसपी विश्व पोखरेल । यसअघि प्रहरी प्रधान कार्यालयले भारतस्थित नेपाली दुतावासमा सरुवा गर्दा अटेरी गरेर काठमाडौंकै लागु औषध व्युरोमा ट्वाइसी रहेका पोखरेल यतिबेला एउटा खतरनाख खेलमा लागेको पाइएको छ । नेताको दैलो चहार्न सिपाालु पोखरेलले पोखरेलकै नाता लाएर उपप्रधान तथा रक्षामन्त्री इश्वर लाई प्रभावमा पारेको पाइएको छ । इश्वर पोखरेलकै दबावमा प्रहरीको सिस्टम नै विगारेर बढुवा हुने तरखरमा पुगेका छन् पोखरेल ।


गृह मन्त्रालय स्रोतका अनुसार जुनियर एसएसपी विश्वराज पोखरेललाई डिआईजी बनाउनका लागि मन्त्री पोखरेलले तारन्तार दबाब दिन थालेपछि गृह सचिव प्रेमकुमार राई आजित बनेका छन् । केही समय अगाडि सिनियर एसएसपी विरेन्द्र श्रेष्ठलाई डिआईजीमा बढुवा सिफारिस गर्न खोज्दा पोखरेलले चलखेल गरेका कारण बढुवा प्रक्रिया नै रोकिएको थियो ।


गृह स्रोत भन्छ ( ‘मन्त्री पोखरेलको चाहना अनुसार विशेष पद सृजना गरेर भएपनि एसएसपी विश्वराजलाई बढुवा गर्न ठूलो दबाब आएको छ ।


कार्तिक १० गते काभ्रेको मण्डन देउपुर नगरपालिका–६ मा जीप दुर्घटनामा परेर डीआईजी सुशील भण्डारीको मृत्यु भएपछि उक्त पद अहिले खाली रहेको छ । यसरी दुर्घटनाका कारण खाली भएको पदमा पनि आँखा लगाएपछि पोखरेललाई भित्र भित्र ‘मानवीय संवेदना हिन’ व्यक्तिको रुपमा समेत चर्चा गर्न थालिएको छ ।


एसएसपी पोखरेल भन्दा आधा दर्जन बढी सिनियर एसएसपीहरु बढुवा हुन नपाएर बसेका छन् । पोखरेल भन्दा सिनियर एसएसपीहरुमा विरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, बसन्त पन्त, पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, गणेश ऐरलगायत छन् । उनीहरु २०४७ असार २५ मा सेवा प्रवेश गरेका हुन् । उनीहरु डिआईजीद्धय हरी पाल र शैलेश थापाका व्याजी हुन् ।


तर, पोखरेल भने २०४९ चैत ११ मा सेवा प्रवेश गरेका हुन् । पोखरेलका व्याजमा उनी भन्दा क्षमतावान एसएसपीहरु पनि छन् । एसएसपी धिरजप्रताप सिंह, उत्तम सुवेदी र रविन्द्र धानुक, बसन्त लामाहरु पनि डिआईजीका आकांक्षी हुन् । तर, उनीहरुले कुनै राजनीतिक दलका नेताको दैलोमा पुग्ने काम गरेको सुनिएको छैन ।


एक त जुनियर त्यसमाथि पनि कमाण्ड क्षमतामा कमजोर मानिएका पोखरेलले एकाएक शक्तिकेन्द्र मार्फत बढुवामा चलखेल गरेका कारण गृह मन्त्रालयमा तरंग फैलिएको छ । स्रोतका अनुसार पोखरेललाई बढुवा दिंदा सिस्टम नै विग्रने र सँगैका व्याजीको करिअरमा ठूलो असर पर्ने हुँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव राई त्यसको विपक्षमा रहेका छन् ।


गृहमन्त्री थापा प्रहरीमा सिस्टम विगार्ने पक्षमा छैनन् । तर, पोखरेलको चलखेल भने प्रधानमन्त्री कार्यालयमा एकाएक बढिरहेको गृहका अधिकारीहरु वताउँछन् ।

‘उहाँ (गृहमन्त्री) प्रहरी लगायत सबै सुरक्षा निकायलाई सिस्टममा चलाउने योजनामा हुनुहुन्छ । चेनअफ कमाण्डमा समस्या आउने वित्तिकै प्रहरीमा असन्तुष्टि बढ्छ र समाजमा अपराध बढ्छ । गृहमन्त्रीको कामलाई प्रहरीको इमान्दार अफिसरले साथ पनि दिनु भएकोछ,’ गृह स्रोतले भन्यो,‘एउटा एसएसपीको यति धेरै दबाव आउनु राम्रो होइन । पहिले दुतावास सरुवा गर्दा पनि पोखरेलले नै प्रहरी महानरिक्षक सर्वेन्द्र खनाललाई पटक पटक फोन गरेर रोकेको थाहा भएको थियो ।’