काठमाडौं, ६ चैत । उपत्यकाकेन्द्रित ‘क्लिन काठमाडौं, ग्रीन काठमाडौं’ अभियान सुरु भएको छ । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले पशुपति क्षेत्रमा सरसफाई कार्यक्रमको उद्घाटन र सरसफाईमा सहभागी भई अभियानको थालनी गरेका हुन् ।
यो अभियान काठमाडौं उपत्यकामा ६ महिनासम्म चल्ने नयाँ शक्ति नेपालकाे प्रचार प्रसार विभागले जनाएकाे छ ।