सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग १ लाख धरौटी माग्ने विशेष अदालतको आदेश

दियोपोस्ट संवाददाता  

काठमाडौँ । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर नेपाल भित्र्याइएको सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग १ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको संयुक्त इजलासले थुनछेक बहस सम्पन्न भएपछि महरालाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त सुन तस्करी प्रकरणमा महरासहित केही भन्सार अधिकृतविरुद्ध ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।