काठमाडौं, ३ जेठ । नेपाली भूमिमा भारतले सडन निर्माणगरेपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ । स्वतन्त्र राष्ट्रिय अभियानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा पत्र नै पठाएको छ । भारतीय राजदूतावास मार्फत पत्राचार गरिएको अध्यक्ष स्वागत नेपालले दियोपोष्टलाई जानकारी दिए ।
इमेल मार्फत पठाइएको पत्रमा मोदीलाई छिमेकी मित्र राष्ट्र हा्ेइन, सँधियार शत्रु राष्ट्रका प्रधानमन्त्री भनेर सम्बोधन गरिएको छ ।
साथै पत्रमा भारत कसरी विश्व समुदायबाट अलग्गिँदै छ, कसरी विश्वभरका हिन्दु, बौद्ध, इस्लाम र क्रिश्चियन लगायत सबै समुदाय उसका विरुद्ध तयार भइरहेका छन् भन्ने विषय समेत उल्लेख गरिएको छ ।
उक्त इमेल पत्रमा ‘छिमेकीको मूली कमजोर देखेर छिमेकीकी आमाको अस्मिता लुट्ने खोज्ने हिन्दु हुन नसक्ने बरु हिन्दूको नाममा कलंक’ समेत भनिएको छ ।
हिजो मध्यरातदेखि अभियानका ७७ वटै जिल्ला समितिका पदाधिकारीहरु, २२ वटा विभागका विभागीय सदस्यहरु र २० वटा देशका विदेश च्याप्टर समितिकाहरु समेत गरी १३०० जनाले इमेल गरिसकेको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले जनाएको छ ।
पत्रमा तत्काल नेपालको मिचेको भूमि छोडेर आफ्नो पूरानै सरहदमा फर्किन चेतावनी दिँदै दिएको छ । भारतीय सेनामा रहेका गोरखा रेजिमेन्टले नै विद्रोह गर्नसक्ने तर्फ समेत ध्याद दिन मोदीलाई आग्रह गरिएको अभियानकर्मीले बताए ।