काठमाडौँ । रुपन्देही जिल्लामा बुधबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश को ८९२८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा घाइते भएका २७ जनालाई तत्काल उद्धार गरी नजिकका अस्पताल पठाइएको प्रहरीले जानकारी दिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। मृत्यु हुने दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।