लकडाउन १५ दिन थप्ने मन्त्रिपरिषदको निर्णय, जेठ २० गतेसम्म लम्बियो

दियो पोस्ट  

काठमाडौँ, ४ जेठ । मन्त्रिपरिषदले फेरी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । यथास्थितिमै आगामी जेठ २० सम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

आइतबार बसेको कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ ।
सिन्धुपाल्चोककी २९ वर्षिय महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । आइतबार लकडाउनको ५५ औं दिन पुगेको छ । तर, कोरोना संक्रमण झन् बढिरहेको छ । आइतबारसम्म देशमा कोभिडका २ सय ९५ संक्रमित देखिएका छन् ।
पटक पटक लकडाउन थपिएको लकडाउन मध्ये यो सबैभन्दा लामो समय हो ।

सिफारिस