‘छाती, हात र निधारमा गोली हानेपछि मर्यो भन्दै मकैबारीमा मलाई सेनाले यसरी फालेको थियो’

दियो पोस्ट  

राम बहादुर भण्डारी

२०५५ जेठ १९ गते आजकै दिन । जनयुद्ध दमन गर्ने ठूलो अपरेशन मध्य एक किलो शेरा टु चलाइएको थियो । त्यसैको पहिलो निसानाम बन्न पुगेँ ।


जिल्लामा जनयुद्धको गतिविधि त्यतिखेरसम्म कमै थियो । अन्दाजी रातको १२ बजेको थियो सबै तिर सुनसान बिजुली मेघ गर्जिरहेको थियो । सिमसिम पानी पर्न थालिसकेको थियो मानौ चौतर्फी सन्नाटा छाएको थियो । त्यसैले अवस्थामा म बसेको घर एक्कासी सशस्त्र प्रहरी जनपथ प्रहरीहरुले बलियो कसी सकेका थिए ।

ढोका खोलेर स्थानीय सुराकीको आधारमा पछाडी दुवै हात बाँधेर मुखमा पट्टी बाँधेर निर्ममतापूर्वक शारीरिक तथा मानसिक यातना दिँदै पार्टीको अनुशासन र गोपनीयता नखोलेपछि साबिक ज्यामरुङ ८ गोला भञ्ज्याङ्ग पसिना सरी रक्तमुच्छेल अर्धमृर्त अवस्थामा छाती, हात र निधारमा गोली हानी मृत्यु भएको निश्चित गरी भिरबाट लडाई मकैबारीमा छाडेर गए ।

स्थानीय जनताको सहयोगमा विशेष गरी बेपत्ता पारिएका मेरो छोरा शुवासचन्द्र भण्डारी र भतिजी भगवती भण्डारीको सहयोगबाट सबै धादिङ जिल्ला बासी सदरमुकाम र काठमाडौंको पर्यटन व्यवसायीहरुको अतुलनीय सहयोगबाट जिल्ला अस्पताल हुदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज उपचार कक्षासम्म पुर्याइएँ ।

उपचारपछि म बाँच्न सफल भएँ । तत्कालीन अवस्थामा माओवादीलाई सहयोग गर्ने भनेको निकै जोखिम एवं चुनौतीपूर्ण अवस्था हुन्थ्यो । पर्यटन व्यवसायीहरु ज्योती अधिकारी गणेश सिम्खडा हरि धरेल, शिक्षक तथा नेकपा नेता विष्णु पुकार श्रेष्ठ, नवराज दाहाल , ठाकुर राज पाण्डे, गोकुल के.सी.,अर्जुन प्रसाद ढकाल लगायतको सहयोगबाट मैले उपचार पाएँ । जसको नाम मैले लिन सकेको थिएन । उहाँहरु मलाई नयाँ जीवन दिनु हुने मेरा अनन्य महानुभावहरु हुनुहुन्छ । त्यसप्रति म र पार्टी सदा ऋणी रहिरहनेछ । मलाई सहयोग गरेकै भरमा सहयोगीहरुलाई झुट्टा मुद्दा लगाउने काम पनि भयो ।


२०५२ सालमा फाल्गुण १ गते पुरानो सामन्ती राजतन्त्रात्मक संसदीय व्यवस्थालाई जनयुद्धको माध्यमद्वारा ध्वस्त गरेर त्यसको जगमा नयाँ जनवादी गणतन्त्र नेपाल स्थापना गर्ने ध्येय र उद्देश्यले महान जनयुद्धको थालनी भएको थियो ।

मुलुकमा राष्ट्रघात , भ्रष्टाचार, बेरोजगार , महंगी, असमानता एवं भेदभाव लगायतका राष्ट्रियता, जनतन्त्र,र जनजीविकाका कारणले देश र जनताको अनगिन्ती समस्याहरू दिन दुगुना रात चौगुनाको हिसाबले बढेको कारण सत्य न्याय र समानतामा आधारित वर्गसंघर्षको औचित्यपूर्ण अवसरमा महान जनयुद्धको व्यवस्थित तयारी, थालनी, विकास र अनगिन्ती उपलब्धि र क्षेती एवं महान सम्भावना रहेको चुनौतीपूर्ण आरोह अवरोह अनेक घुम्ती मोडहरु पार गर्दै १० वर्षको जनक्रान्तिको प्रभाव देश र दुनिया लाई परेकै हो ।

जनयुद्धलाई दमनको नीतिले होइन शान्तिपूर्ण सम्वाद द्वारा हल हुनुपर्छ भनेकै कारण साम्राज्यवाद, विस्तारवाद र देश भित्रका जनयुद्ध विरोधी केही अनुदारवादी तत्वहरु द्वारा षड्यन्त्रपूर्ण ढंगले २०५८।२।१९ गते दरबार हत्याकाण्ड भएको थियो । जसमा तत्कालीन राजा श्री ५ विरेन्द्र, श्री ५ ऐश्वर्य श्री ५ दिपेन्द्र, श्री ५ निराजन र श्री ५ श्रुती र श्री ५ धिरेन्द्र लगायतका वंश नास भएको थियो ।


जनयुद्ध आफ्नै गतिमा निरन्तर अगाडी बढ्ने क्रममा देशको परिस्थिति बदलियो । राजा ज्ञानेन्द्रले आफु अझै तानाशाह बन्ने धृष्टता राखी २०६२ माघ १९ गते संसद एवं मन्त्री मण्डल बिघटन गरी सम्पूर्ण कार्यकारी अधिकार आफ्नो हातमा लिएर राजनीतिक दलका नेताहरुलाई भ्रष्टाचार लगायतका अनेक किसिमका वहाना बनाई धरपकड गर्न थाल्यो । स्वभाविक रुपमा राजा र संसदवादी दलहरुबीच अन्तरविरोध पैदा भयो ।


अनि राजतन्त्र अन्त्य गर्न गणतन्त्र स्थापना गर्नको लागी राजनीतिक दलहरु र नेपाल कम्युनिष्ट पार्टी माओवादी पक्षबीच १२ बुँदे सहमति भयो र ऐतिहासिक १९ दिने दोश्रो जनआन्दोलन भयो । राजतन्त्रको अन्त्य संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भयो । संविधानसभा मार्फत नया संबिधान निर्माण तिनै तहको निर्वाचन संविधान कार्यन्वयन गर्न समाजवादी क्रान्तिको आधार तयार गर्दै मुलुक अगाडी बढेको छ ।


स्थिर सरकार र समाजवादी क्रान्तिको अभिभारा पूरा गर्न देश र जनताको आवश्यकतालाई मध्यनजर गर्दै दुई ठुला कम्युनिष्ट पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच पार्टी एकता भै अहिले दुई तिहाइको स्थायी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार छ ।