भारतीय टोलीमा ठुलो क्षति, रोहित शर्मा र विराट कोहली एक रनमै आउट

दियो पोस्ट  

काठडमाडौँ, असार २५ । न्यजिल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको भारतले दुई उत्कृष्ठ ब्याट्सम्यानलाई शुरुवातमै गुमाएको छ । ओपनर रोहित शर्मा र कप्तान विराट कोहली शुरुवातमै आउट भएपछि भारतिय टोलीलाई गम्भिर क्षति पुगेको छ ।

रोहित शर्मा एक ओभर ३ बलमा क्याच आउट हुँदै पवेलियन फर्के । त्यसपछि आएका विराट काहली एलबिडब्लु आउट भएपछि भारतले लागि निकै आशा गरिएका ब्याट्सम्यान गुमाएको हो ।

भारतिय टोलीमा महेन्द्रसिंह धोनी, हार्दिक पाण्डेय बाँकी छन् । अघिल्ला खेलहरुमा निकै उत्कृष्ठ प्रदर्शन गरेका कोहली र शर्मा सेमिफाइनल खेलमा भने टिक्न सकेनन् ।