कोरोनाबारे फेसबुकमा भाइरल भएको अडियोको छानविन शुरु, अफवाह फैलाउनेलाई कडा कारवाही गरिने

दियो पोस्ट  

काठमाडौँ, चैत ८ । विश्वभर फैलिरहेको कोरोनाभाइरसबारे जनचेतना र सतर्क गराउनुको सट्टा उल्टै सामाजिक संजालाट अफवाह फैलाउन थालिएपछि प्रहरीले त्यसबारेमा चासो राखेको छ । केही दिनदेखि कोरोनाभाइरस नेपालमा भित्रिसकेको भन्दै सामाजिक संजालमा एक मिनेट लामो अडियो निकै भाइरल बनिरहेको छ ।

उक्त अडियोमा काठमाडौँको नर्भिक अस्पतालमा कोरोनाका बिरामी भेटिएको भन्दै सतर्क रहन अनुरोध गरिएको सुनिन्छ ।

नेपालमा कोरोनाभाइरसको पुष्टि भइसकेको छैन । यस्तो अवस्थामा अफवाह फैलाएर त्रास सिर्जना गरेको भन्दै प्रहरीले अडियोको अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यलयले उक्त अडियोबारे अनुसन्धान गर्नका लागि साइबर ब्युरोलाई निर्देशन दिइसकेको छ ।

प्रहरीले उक्त कार्यमा संलग्नलाई कडा कारबाही गर्ने जानकारी दिएको छ ।