काठमाडौँ, चैत ८ । स्पेनिस क्लव बार्सिलोनाले इभान राकटिकलाई बेच्ने भएको छ । क्लबले राकिटिकका लागि २० मिलियन युरो मुल्य समेत तोकेको छ । सरुवा बजार खुल्ने बित्तिकै उनलाई बेच्ने बार्सिलोनाको तयारी छ ।
स्पेनिस क्लब सेभिल्लाले राकिटिकलाई अनुबन्धनको प्रयास गरिरहेको छ । उनी सेभिल्लाबाटै कुनै समय बार्सिलोना आएका थिए । बार्सिलोनासंग राकिटिकको सम्झौता सन् २०२१ सम्म रहेको छ । तर उनी बार्सिलोनाको टिममा पछाडी पर्दै आएका छन् ।
क्रोएसियाका प्लेमेकरले यस सिजन समेत ३१ मध्य मात्र १५ खेलमा खेल्ने मौका पाए । फ्रेन्की डी जोङ, सर्जियो बुस्केट, अर्थुर र अतुर्रो भिडालले राम्रो भूमिका पाउँदा राकिटिक टिममा पर्न संघर्ष गर्दै आएका छन् ।
राकिटिकले ६ सफल सिजन बार्सिलोनामा बिताए । उनले बार्सिलोनामा रहदा चार ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिते । केही अन्य क्लब समेत राकिटिकसंग जोडिएका छन् । पछिल्लो समय ईन्टर मिलान र म्यान्चेष्टर युनाईटेडले उनलाई अनुबन्धनको प्रयास गरिरहेका छन् ।
तर सेभिल्लामा उनका धेरै समर्थक रहेका कारण राकिटिक पुरानै क्लब जाने सम्भावना प्रवल छ ।