काठमाडौं । नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको नयाँ कार्यसमिति गठन गरिएको छ। केशव पुरीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमिति गठनसंगै ४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा केशव पुरी, उपाध्यक्षहरूमा प्रकाश खड्गी, रमेश कुमार बखती, शुमन विक्रम पाण्डे, अंशु किरण शाही र हरिहर दुङ्गाना चयन भएका छन्। त्यसैगरी सचिवमा राजेश प्रजापती र कोषाध्यक्षमा उमेश नकर्मी चयन भएका छन्।
सदस्यहरूमा उषा गुरुङ, मदन गिरी, सरोज बास्कोटा, श्याम तजले, रामचन्द्र व्यञ्जनकार, दिनेश कुमार बाँडा, भास्कर श्रेष्ठ, सानुबाबु महर्जन, कविराज माली, राजेन्द्र खड्गी, काजल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ र किशोर श्रेष्ठ रहेका छन्।
त्यस्तै, सल्लाहकार समितिमा किरण थापा, डा. रामहरी लामिछाने, दीपक मल्होत्रा र कुमार थापा रहेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले नयाँ कार्यसमितिलाई बधाई दिँदै सफलताको शुभकामना दिए । सो अवसरमा मुख्यमन्त्री बानियाँले खेलकुदको बिकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको धारणा ब्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपाल तेक्वान्दो संघ केन्द्रीय समितिका अध्यक्ष दीप राज गुरुङ, उपाध्यक्षहरू भान बहादुर चन्द र साम्राज्य विक्रम पाण्डे, महासचिव नन्दु राई तथा हेमन्त डाँगी लगायत खेलकुद परिषदका सदस्यहरू, विभिन्न खेल संघका पदाधिकारीहरू तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले बागमती प्रदेशमा तेक्वान्दो खेलको विकास, विस्तार र संस्थागत सुदृढीकरणमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

