हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी

दियोपोस्ट संवाददाता  

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग .(एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हरायो । मीर्तिपुरले २०-१५, २०-१३, १८-१९, २३-१४ को प्रदर्शन गरेको थियो ।
कीर्तिपुरका प्रशान्त महर्जनले १३ अंक स्कोर गरे । उनी एमभिपी घोषित भए । यस्तै बुधबारको दोस्रो खेलमा सोलो बास्केटबलले प्लेबक्स एरेनालाई प्रतिस्पर्धात्मक खेलमा ६८-६५ ले हरायो । तीन क्वाटरमा पछि परेपनि सोलोले तेस्रो क्वाटरमा बनाएको २६-१४ को अग्रता नै जितमा निर्णायक बन्यो ।

प्लेबक्सले पहिलो, दोस्रो र चौथो क्वाटर क्रमशस् १५-११, २०-१९ र १६-१२ आफ्नो पक्षमा पारेपनि जितलाई पर्याप्त भएन । सोलोका प्रगुन महर्जनले ३० अंक स्कोर गरे । उनी एमभिपी घोषित भए ।

सिफारिस