विश्व जुनियर ‘उसु च्याम्पियनसिप’का लागि उसु टोली चीन जाँदै

दियोपोस्ट संवाददाता  

काठमाडौं । दसौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागिता जनाउन ६ खेलाडी सहित १० सदस्यीय नेपाली टोली आगामी शनिबार चीन प्रस्थान गर्ने भएको छ।

चैत ९ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा रश्मि तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको प्रतिनिधित्व गर्नेछन्।

यो प्रतियोगिता सेनेगलमा आयोजना हुने डकार युथ ओलम्पिकका लागि छनोटको रूपमा पनि रहेको छ। टोलीका प्रशिक्षकमा लानम लामा र जंगबहादुर तामाङ छन् भने निर्णायकका रूपमा मन्जुर महर्जन र गोविन्दबहादुर शाही रहनेछन्।

टोलीको सफलताको कामना गर्दै राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव रामचरित्र मेहता तथा कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले बिहीबार आयोजित कार्यक्रममा टोलीलाई बिदाइ गरेका छन्।

सिफारिस