काठमाडौँ, चैत ८ । सामाजिक संजालमा नर्भिक अस्पताललाई जोडेर कोरोनाको विषयमा भ्रमपुर्ण सुचनासहितको अडियो भाइरल भएपछि अस्पतालले त्यसको खण्डन गरेको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै नर्भिकमा हालसम्म कोरोनाभाइरसका कुनैपनि बिरामी फेला नपरेको जानकारी दिएको छ ।
शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको प्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
‘हालसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि बिरामी पत्ता लागेका छैनन्, त्यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्छ’, विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ त्यस समाचारमा कुनैपनि सत्यता नभएको हामी प्रष्ट पार्दछौँ ।’
अस्पतालले भ्रामक समाचार फैलाउने जो कोही भएपनि कारवाहीको दायराभित्र ल्याउन पनि जोडदार माग गरेको छ ।

शनिबार एकाएक भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा कोरोनाभाइरसको बिरामीहरु भेटिएको भन्दै सतर्क रहन भनिएको थियो ।