कोरोनाबारे फेसबुकमा अफवाह फैलाउने युवक पक्राउ !

दियो पोस्ट  

काठमाडौँ, चैत ८ । नेपालमा कोरोना भाइरस भित्रिसकेको भन्दै सामाजिक संजाल फेसबुकमार्फत अफवाह फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० बर्षका विवेक थापा रहेका छन् ।

विवेकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।

शनिबार बिहान अडियो भाइरल बनेपछि प्रहरीले उनको खोजी गरेको थियो । त्रासको समयमा अफवाह फैलाउनेलाई कडा भन्दा कडा कारवाही गरिने प्रहरीले बताएको छ ।