एजेन्सी, चैत ९ । कोरोनाभाइरसको कारण भारतको बिहारमा पहिलो ब्यक्तिको ज्यान गएको छ । बिहारको राजधानी पटनास्थित एम्स अस्पतालमा एक जना कोरोना संक्रमित ब्यक्तिको ज्यान गएको हो । उनको शनिबार बिहान ९ बजे मृत्यु भएको जनाइएको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार ती ब्यक्ति मुंगरका बासिन्दा रहेको केही दिन अघिमात्र कतार बाट फर्किएका थिए । कतारबाट फर्किएका उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको मृत्युपछि कोरोना भाइरसबाट मृत्यु हुने संख्या ६ पुगेको छ ।
इन्डियन मेडिकल रिसर्च असोसिएशनका अनुसार भारतमा कोरोना भाइरसका ३ सय ४१ संक्रमित भेटिएका छन् । यस्तै, स्थानीय पत्रकार निरज प्रियदर्शीका अनुसार बिहारमा कोरोनाका अर्का बिरामी एनएमसीएचको आइसोलेशन वार्डमा छन् । ती बिरामी हालै स्कटल्याण्डबाट फर्किएका हुन् ।