काठमाडौँ, चैत ११ । भरतपुरको कोरोना बिशेष अस्पतालमा एक युवाको मृत्यु भएको छ । केही दिनअघि चितवन मेडिकल कलेजबाट रिफर गरिएका उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
बिरगंजबाट उपचारको क्रममा चितवन मेडिकल आएका ३० बर्षीय युवक रुघाखोकी र उच्च ज्वरोले ग्रसित थिए । चितवन मेडिकल कलेजमा उपचार गरिएको भएतापनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनलाई कोरोना बिशेष अस्पतालमा रिफर गरिएको थियो ।
कोरोना बिशेष अस्पतालको आइसोलेशनमा राखिएर उपचार प्रकृया चलिरहँदा उनको मृत्यु भएको बताइएको छ । उनमा कोरोना भए नभएको भने पुष्टि हुन बाँकी रहेको अस्पताल स्रोतले बताएको छ । उनको स्वाबको नमुना सोमबार नै संकलन गरि परिक्षणको लागि पठाइएको अस्पतालका अधिकारीले बताएको छ । रिपोर्ट आएपछि उनमा कोरोना रहेको या नरहेको पत्ता लाग्ने छ ।
उनको शव अस्पतालमै राखिएको छ ।