मलेसियालाई २२१ रनले पराजित गर्दै नेपालले उचाल्यो उपाधि

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट

दियो पोस्ट  

काठमाडौं । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २२१ रनले पराजित गर्दै उपाधि उचालेको छ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रनको लक्ष्य दिएको थियो। मलेसियाले १४.५ ओभरमा सबै विकेट गुमाएर जम्मा ३१ रन जोड्न सफल भयो।

नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय पारी खेलेर नेपाललाई जितको नजिक पुर्याएका थिए।

त्यस्तै नीरज यादवले ४७ रनको योगदान दिए भने सुर्यांशु कोइरालाले १८ रन बनाए। सन्तोष यादवले २६ रन बनाउँदा अशोक धामीले ११ रन जोडे।

सम्बन्धित खबर