आइपिओ निष्कासनको तयारीमा रहेको नर्भिक अस्पतालमाथि ‘फेक रेस्क्यु’को आरोप : अभियुक्तले खुलाए पोल !

दियोपोस्ट संवाददाता  

काठमाडौं । बुक विल्डिंग विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरेको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल लिमिटेड फेक रेस्क्यु धन्दामा लागेको अभियुक्तकै बयानबाट खुलेको छ ।

फेक रेस्क्यु धन्दा गरेको अभियोगमा पक्राउ परि हाल धरौटीमा छुटेका मुख्य अभियुक्त मध्येका एक मुक्ती प्रसाद पाण्डेले आफूहरुले नर्भिक अस्पतालमा पनि रेस्क्युका विरामी पठाउने गरेको बयान दिएपछि नर्भिकको संलग्नता खुलेको हो ।

गत शुक्रबार नर्भिक अस्पतालको रोडशो (छलफल)मा पनि फेक रेस्क्युबारे प्रश्न उठाइएको थियो । आगामी २१ वैशाख भित्र आशय पत्र पेश गर्नुपर्ने समय सिमा तोकिएको नर्भिकको उच्च अधिकारीहरु नै फेक रेस्क्युमा संलग्न छन् । विशेषगरी हिमाली क्षेत्रमा आउने पदयात्री पर्यटकमाथि हुने फेक रेस्क्यु तथा उद्दारका नाममा हुने फर्जी बीमा भुक्तानी र ठगीमा नर्भिक अस्पतालको संलग्नता रहँदै आएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गत माघमा फेक रेस्क्यु धन्दा गर्ने गिरोहका प्रमुखहरुलाई पक्राउ गरि मुद्दा चलाएको थियो । पक्राउ परेका केही अभियुक्तहरुले नर्भिक अस्पतालमा पनि आफूहरुले उद्दार गरि ल्याएको विरामी पठाउने गरेको बयान दिएका थिए । अभियुक्त मध्ये मुक्ति प्रसाद पाण्डेले नर्भिकसहित राजधानीका तीन ठूला अस्पतालमा आफूहरुले फर्जी उद्दारको विरामी पठाउने गरेको बयान दिएको भएपनि नर्भिकका संचालकहरुलाई साधान्य सोधुपुछ पनि नगरी उन्मुक्ति दिइएको थियो । दियोपोस्टले नर्भिक अस्पतालमा उद्दारपछि ल्याइएका विरामीमाथि हुँदै आएको चर्को ठगीबारे पटक पटक तथ्यसहित समाचार प्रकाशन गर्दै आएको छ ।

एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्ट्यान्स प्रा.लीका संचालक रहेका पाण्डेले सरकारी वकिल कार्यालयमा दिएको बयान अनुसार उनले ईरा अस्पताल, शिविक क्लिनिक, ग्राण्डी अस्पताल, ह्याम्स अस्पताल, नर्भिक अस्पताल र फ्रन्ट लाइन अस्पतालमा विरामी लैजाने गरेको बयान दिएका थिए । हेलिकोप्टर कम्पनि, अस्पताल र ट्रेकिङ कम्पनिसँग उद्दार गरी ल्याइ उपचारका लागि पठाउने विषयमा कुनै लिखित सम्झौता समेत नहुने उनले बयानमा बताएका छन् । अस्पताललाई विरामी पठाएबापत १० देखि २५ प्रतिशतसम्म कमिशन लिने गरेको समेत उनले बयानमा बताएका छन् ।

नर्भिक अस्पतालले चार दिन अस्पताल भर्ना भएका विरामीलाई ८० लाख रुपैयाँ भन्दा बढी रकम विमा दाबी भुक्तानी लिएको तथ्यसहित यसअघि नै समाचार सार्वजनिक भएको थियो । नर्भिक अस्पतालका अध्यक्ष तथा पूर्व एआइजी राजेन्द्र बहादुर सिंहले अनुसन्धानलाई प्रभावमा पार्न पटक पटक शक्तिको दुरुपयोग गर्दै आएका छन् ।

पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानलाई पनि सिंहले नै प्रभावित पार्न विभिन्न दबाव दिएका थिए । तर, ब्युरोका अधिकारीहरु भने तथ्य र प्रमाण आए नर्भिकमाथि अनुसन्धानका लागि बाटो नरोकिन बताउँछन् । यसअघि सीआईबी प्रमुख रहेका श्याम ज्ञवालीले नर्भिक अस्पतालले एक जापानी नागरिकमाथि चर्को शुल्क ठगी गरेको आरोपमा अनुसन्धानका लागि निर्देशन दिएका थिए । तर, त्यतिबेला पनि सिंहले नै दबाव दिएर अनुसन्धान प्रभावित पारेपछि ब्युरोको अनुसन्धान नै रोकिएको थियो ।

जापानी आरोहिमाथि नर्भिक अस्पतालको चरम ठगी : ‘४ दिन’ अस्पताल राख्दा ३४ लाख बढीको बिल !

‘फेक रेस्क्यु’ र विदेशी विमा ठगी धन्दामा नर्भिक अस्पताल, सीआइबीले नदेखेको प्रमाण

नर्भिक अस्पताल भित्रै डा. जेपी जैसवालले विदेशी महिलामाथि बलात्कार प्रयास गरेको खुलाशा…!

नर्भिक अस्पतालले ६ तलाको अनुमति लिएर ९ तले महल बनाउँदा बालेन्द्र शाह बेखबर !

नर्भिक अस्पतालका डा. जेपि जयसवालले विवाहको प्रलोभन देखाएर ‘बलात्कार गरेको’ खुलाशा !

विदेशी विमा ‘ठगी’मा पनि चौधरीको किर्तिमानी : २ सयको टेस्ट ६ हजार, ३ हजारको सिटिलाई ५५ हजार !

नर्भिकमा विरामी पर्यटकमाथि ज्यादती : श्रीमतीमाथि बलात्कार प्रयास, श्रीमानबाट २७ लाख असुली !