नर्भिक अस्पतालका डा. जेपि जयसवालले विवाहको प्रलोभन देखाएर ‘बलात्कार गरेको’ खुलाशा !

दियो पोस्ट  

 

काठमाडौं । सामाजिक संजालमा ८ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि भएको बलात्कार प्रकरणले निकै चर्चा पाएको छ । सोही घटनामा समलग्न भएको अभियोगमा प्रहरीले कन्सलटेन्सी संचालक मनोज पाण्डेलाई पक्राउ गरिसकेको छ ।

ती किशोरी जस्तै एक महिलाले पनि आफूमाथि बलात्कार गर्ने अर्का एक प्रतिष्ठित व्यक्तिको तस्विर सार्वजनिक गरेकी छिन् ।

सामाजिक संजाल ट्वीटरमा आफूमाथि बलात्कार गर्ने व्यक्ति यीनै हुन् भन्दै नर्भिक अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सिक डा. जय प्रसाद ‘जेपी’ जयसवालको तस्विर सार्वजनिक भएको हो ।
ती महिलालाई डा. जयसवालले विवाहको प्रलोभन देखाएर बलात्कार गरेको र बलात्कारपछि जन्मिएको सन्तान समेत अस्विकार गरेको घटना सार्वजनिक भएको छ ।

‘त्यो युवाको हातमा मेडिकल डाक्टरको प्रमाणपत्र थियो । पढाइ नसकिंदै म उसको प्रेममा परें । मलाई रिझाउन उसले प्रमाणपत्र देखायो । मैले पत्याएँ । एउटा सफल घरबासको सपनामा उनिएर मैले पनि उसलाई स्वीकारें,’ ती महिलाले विस्तिृतमा एक अनलाइनमा आफ्नो कथा लेखेकी छिन्,‘नतिजा, २० वर्षको उमेरमा म गर्भवती भएँ । ऊ सक्कली डाक्टर थियो । तर कालान्तरमा ऊ प्रेमको मामिलामा नक्कली भएर निस्कियो ।’

डा. जयसवालका कारण आफ्नो जीवन मृत्युको दासाँधमा पुगेको समेत उनले लेखेकी छिन् ।

‘जीवन र मरणको दोसाँधमा पुगें । दुई मात्र विकल्प थिए मेरासामु । सङ्घर्ष गरेर बाँच्ने र गर्भभित्रको प्राण बचाउने वा आत्महत्या गर्ने । मैले प्रेमको गोल्डमेडल पाएकी थिएँ, गर्भवती भएर मकहाँ आत्महत्या गर्न सक्थें र ! बच्चा मेरो जीवनमा सबैभन्दा प्यारो छनोट हो,’ उनले लेखेकी छिन्,‘त्यसैले म जुनसुकै अवस्थामा पनि बच्चा जन्माउने मनस्थितिमा पुगें । मेरो बच्चाको बाबु नेपालबाटै फरार भयो तर म विचलित भइनँ । बीचबीचमा ‘गर्भपतन गर, पैसा दिन्छौं’ भन्दै नेताहरू पठाउँथे, जो हाल पनि मेरो फेसबुकमा साथी हुनुहुन्छ ।’

नेपालमा कानुन परिमार्जित भएका कारण आफूले न्याय नपाएको उनको गुनासो छ ।
‘हाल कानुन परिमार्जित भइसकेको छ । कानुनको मामलामा म अभागी परें । सहमतिमा भएको यौन सम्बन्ध र त्यो बेलाको उमेरको हद १६ वर्ष मैले नाघिसकेकी थिएँ । विवाहको प्रलोभन देखाएर गरिएको यौन सम्बन्ध बलात्कार मानिंदैनथ्यो सायद,’ उनको लेखमा उल्लेख छ ।

सामाजिक संजाल ट्वीटरमा उनले डा. जयसवाललाई बहिष्कार गर्ने अभियान चलाएकी छिन् । त्यस्तै उनले आफूमाथि न्याय दिन विभिन्न व्यक्ति र निकायमा गुहार समेत मागेकी छिन् ।

नेपाली कांग्रेसका नेताहरु गगन थापा, विश्व प्रकाश शर्मा र सृजना सिंहलाई ट्वीटरमा मेन्सन गर्दै उनले लेखेकी छिन्,‘युवा नेताहरु मलाई न्याय चाहियो ।’

त्यस्तै महिला आयोगको अध्यक्ष, महिला अधिकारवादी पत्रकार बबिता बस्नेत, मोहना अन्सारी लगायतसँग पनि उनले न्याय चाहियो भन्दै गुहार मागेकी छिन् ।

अर्बपति व्यापारी विनोद चौधरीका भाई बसन्त चौधरीद्वारा संचालित नर्भिक अस्पतालमा कार्डियोलोजिस्टको रुपमा कार्यरत डाक्टर जयसवालमाथि यसअघि पनि बलात्कार प्रयासको आरोप लागेको थियो । उनले बेन्जामिन ड्यागन नाम गरेको विदेशीको उपचारका क्रममा ती विदेशी नागरिकको श्रीमतिलाई होटल हिमालयमा पुगेरै बलात्कार प्रयास गरेको घटना दियोपोस्ट डटकमले सार्वजनिक गरेको थियो । सो घटनाको विषयमा प्रतिक्रिया लिन डा. जयसवाललाई सम्पर्क गर्दा उनले आफूलाई अस्पताल प्रशासनले नै सफाई दिइसकेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

हाल बेलायत बस्दै आएकी नेपाली महिलाले समेत डा. जैसवालले विवाहको प्रलोभनमा आफूमाथि बलात्कार गरेको घटना सार्वजनिक गरेपछि नर्भिक प्रशासनमाथि थप प्रश्न उठेको छ । त्यसमाथि जयसवालले खुलमखुल्ला आफूलाई अस्पताल प्रशासनले सफाई दिइसकेको बताउने गरिरहँदा अस्पतालका अध्यक्षसमेत रहेका कवि बसन्त चौधरीमाथि समेत नैतिक प्रश्न उठेको छ ।

सामाजिक संजाल ट्विटर प्रयोगकर्ताले डा. जैसवालले बलात्कार गरेको घटना सार्वजनिक भएपछि चौधरीलाई समेत मेन्सन गरेर घटना जानकारी गराइरहेका छन् । तर, यसबारे नर्भिकका मालिक चौधरीले कुनै प्रतिक्रिया वा सफाई दिएका छैनन् ।

त्यो केहीपनि होइन : डा. जैसवाल

डा. जैसवालको मोबाइल नम्बरमा फोन गरेर घटनाबारे प्रतिक्रिया लिँदा उनले ‘त्यो केही पनि होइन’ भन्ने जवाफ दिए । यद्धपी यसबारे भेट्न समेत उनले आग्रह गरे । ‘म विरामी हेर्दैछु । यसबारे भेटेरै कुरा गरौँ । त्यो केहीपनि होइन,’ उनले भने ।

नर्भिक अस्पताल भित्रै डा. जेपी जैसवालले विदेशी महिलामाथि बलात्कार प्रयास गरेको खुलाशा…!

‘यौनकाण्ड’मा मुछिएका नर्भिक अस्पतालका डा. जेपी जैसवालको ‘झूट’ पर्दाफास (अडियोसहित)

 

नर्भिक अस्पतालमा बलात्कार प्रयास प्रकरण-पीडित भन्छन्,‘डाक्टरको नाममा पिचास रहेछ’ (उजुरीसहित)

नर्भिकमा विरामी पर्यटकमाथि ज्यादती : श्रीमतीमाथि बलात्कार प्रयास, श्रीमानबाट २७ लाख असुली !