‘यौनकाण्ड’मा मुछिएका नर्भिक अस्पतालका डा. जेपी जैसवालको ‘झूट’ पर्दाफास (अडियोसहित)

दियो पोस्ट  

काठमाडौं, ६ चैत्र । गत असोज २९ गते बलात्कार प्रयासको घटनामा मुलुककै बहालवाला सभामुख कृष्ण बहादुर महरालाई प्रहरीद्वारा बालुवाटार स्थित उनको निवासबाटै पक्राउ परे ।

पीडित भनिएकी महिलाले आफूमाथि महराले बलात्कार प्रयास नगरेको बयान फेर्दा समेत उनले उन्मुक्ति पाएनन् । करिब १०३ दिन उनी डिल्लीबजार स्थित कारागार जीवन बिताउन बाध्य भए । करणी प्रयासको घटनामा सांसददेखि प्रहरीकै उच्च अधिकारीसम्म जेलको हावा खान बाध्य छन् । तर, सभ्रान्त वर्गको उपचार हुने नर्भिक अस्पतालले भने बलात्कार प्रयासको अभियोग लागेका आफ्नो डाक्टरलाई सफाई सफाई दिएको छ ।

अस्पतालमा विरामीको उपचार हुनुपर्ने हो तर, बलात्कारको घटनाका आरोपी नर्भिककै डाक्टर जेपी जैसवाललाई अस्पतालले सफाइ दिएको हो । नर्भिक अस्पतालले यस घटनामा आफुलाई ‘अदालत’को रुपमा समेत उभ्याएको छ । अस्पताल भित्रै विविध ‘यौनकाण्ड’मा परिरहने डा. जैसवाललाई उन्मुक्ति दिने व्यक्ति भने चर्चित कवि तथा अर्बपति व्यापारी बसन्त चौधरी हुन् । जो नर्भिक अस्पतालका अध्यक्ष छन् ।


घटना आजभन्दा केही महिना अघिको हो । नर्भिक अस्पतालमा उपचारका लागि स्पेनबाट आएका इजरायली नागरिक बेन्जामिन ड्यागन डेलालकी पत्निमाथि डा. जैसवालले पटक पटक बलात्कार प्रयास गरेका थिए । सन् २०१९ अगष्ट १८ मा नर्भिक अस्पताल भर्ना भएका डोलालकी पत्नि ललितपुर स्थित हिमालय होटलमा बस्थिन् ।

विरामी बेन्जामिन ६६ वर्षका थिए भने उनकी पत्नि उनी भन्दा कान्छी थिइन् । नर्भिक अस्पतालमा कार्डियोलोजिष्टको रुपमा काम गरिरहेका जैसवालले न्योरोलाजिष्टले हुर्नुपर्ने केस आफै हेरेका थिए । बेन्जामिनको दिमाखमा एउटा धब्बा जस्तो दखिएको थियो । तर, उनी सचेत नै थिए । दियोपोष्टको सम्पर्कमा आएका उनले भने,‘म पूर्ण रुपमा एक अर्कासँग कुरा गर्न सक्थेँ । तर, पनि म २८ दिनभन्दा बढी अस्पताल बस्नु पर्यो ।’


अस्पतालमै रहेको बेला डा. जैसवालले बेन्जामिनकी पत्निमाथि क्याबिनमै बोलाएर बलात्कार प्रयास गरेको भन्दै उनले मेडिकल डाइरेक्टर पंकज जलनलाई उजुरी नै लेखेका थिए । बेन्जामिनले डा. जैसवाललाई डाक्टरको ‘आवरणमा पिचास’ भनेका थिए । यता नर्भिक अस्पताल कसरी अन्तर्राष्ट्रिय भयो भन्ने उनको प्रश्न थियो ।


डा. जैसवालसँग दियोपोस्टले केही दिन अघि यस विषयमा कुरानकानी गरेको थियो । कुरानकानीको शुरुवातमा उनले उक्त विरामीलाई आफूले हेर्दै नहेरेको भन्दै झूट बोलेका थिए ,।

दियोपोस्टले डा. जैसवाललाई ‘विरामी बेन्जामिनको केश तपाईंले २०१९ अगष्ट १८ देखि सेप्टेम्बर १६ सम्म हर्ने हेर्नु भएको हो ? भन्ने प्रश्न गरेको थियो । उनको जवाफ थियो,‘मलाई थाहा भएन । मेरो असिस्टेन्टहरुले हेरेको होला । खै एसिस्टेन्टले हेर्यो होला को हो ?’


यसरी उनले चिन्दै नचिनेको भनेपछि दियोपोस्टले अर्को प्रश्न गरेको थियो,‘उहाँको श्रीमतीमाथि तपाईंले बलात्कार प्रयास गरेको घटना के हो ?’


तर, चिन्दै नचिनेको व्यक्ति बारे जैसवालले भने,– ‘त्यो सबै गल्ती कुरा हो । सफाई पनि नर्भिक अस्पतालले दिइसकेको छ । त्यो आफै पनि ड्रगको काण्डमा परेको थियो । त्यो त्यो… नक्कली नोटको काण्डमा परेको थियो । त्यसलाई कारागारबाट लिएर आएको थियो । नर्भिकमा राखेको थियो ।’


यद्धपी डा. जैसवालले भनेजस्तो बेन्जामिनलाई कुनै पनि कारागारबाट ल्याइएको नभएको पाइएको छ । दियोपोस्टले कारागार केन्द्रीय विभागलाई सम्पर्क गरी बेन्जामिन कुनै कारागारमा परेको विषयमा सोधी खोजी गर्दा त्यस्तो नरहेको पाइएको हो ।


त्यसो त नेपालमा लागु औषध मुद्दामा पक्राउ परेका व्यक्ति सजिलै छुट्न मुस्किल हुन्छ । केन्द्रीय कारगार विभागका ती कर्मचारीका अनुसार कारागार सजाय भोगीरहेका व्यक्तिलाई नर्भिक अस्पतालमा लैजाने प्रचलन नै छैन । जेल सजाय नै भएको व्यक्तिले वीर अस्पताल लगायत सरकारी अस्पतालमा उपचार गराउँछन् ।


त्यस्तै नर्भिक अस्तालले विरामी बेन्जामिनको बिल भूक्तानी भने मलेशिया स्थित एक अन्तर्राष्ट्रिय बिमा कम्पनिबाट लिएको छ । ती विरामीको रसिद अनुसार विमा कम्पनिबाट करिब २८ लाख रुपैयाँ अशुलिएको छ । बिमा कम्पनिले आपराधीक क्रियाकलापमा लागेको कुनैपनि व्यक्तिको उपचार खर्च ब्यहोर्दैन ।

अडियो सुन्नुहोस् डा. जैसवालको झूट