काठमाडौँ । गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ । काठमाडौँको जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो।
काठमाडौंको जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाका रहेका भनिएका समिरमान सिंह बस्नेतसहित काले भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ । हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद सजाय सुनाइएको छ । त्यस्तै समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको काठमाडौँ जिल्ला अदालत स्रोतले जनाएको छ ।