सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खुअवा बस्ने ५० वर्षीय विध्यानन्द राय रहेका छन् ।

आफ्नै खेतमा मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।