काठमाडौँ । काभे्रपलान्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको वित्तिय अवस्थामा उल्लेखनीय सधुार भएको छ । गत वर्ष बकैको कार्यकारी प्रमुखमा अनुभवी बैंकर सुरशे देवकोटा नियुक्त भएपश्चात बकैको वित्तिय अवस्थामा सुधार देखिएको हो ।
बैकको गत आ.ब. २०८०-०८१ को तुलनामा आ.ब. २०८१-८२ को वित्तिय सुचकहरुमा ब्यापक प्रगति भएको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी गत वर्ष रु. ५.४६ रहेकोमा यस वर्ष रु. ३१.७६ रहेको छ ।
त्यसैगरि बैकको प्रतिशेयर नेटवर्थ गत आ.ब. मा रु. ६३.५० रहेकोमा आषाढ मसान्त २०८२ मा बढेर प्रति शेयर नेटवर्थ रु. ९७.२४ पुगेको छ । विशेषत निष्कृय कर्जाको असुलीमा भएको उल्लेखनीय सुधारको कारणले बैकको वित्तिय सुचकहरुमा प्रगति भएको देखिन्छ । बैकको निष्कृय कर्जाको अनुपात पनि गत आ.ब.मा १०.६३ प्रतिशत रहेकोमा आषाढ मसान्त २०८२ मा घटेर ६.०८ प्रतिशत मात्र रहेको छ । साथै आषाढ मसान्त २०८२ मा बैकको पुँजीकोष अनुपात मजबुत भई १३.०७ प्रतिशत पुगेको छ ।
विगतमा पँुजीकोष अनुपात ६ प्रतिशतको हाराहारीमा रहको कारणले केन्द्रिय बैकले सिघ्र सुधारात्मक कारवाही गरेकोमा हाल पुँजीकोष अनुपात तोकिएको सीमाभन्दा माथि रहेकोले छिट्टै सिघ्र सुधारात्मक कारवाही हट्नेविश्वास बैंकले लिएको छ । बैकले आ.ब. २०८१-८२ को वित्तिय विवरणहरु वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनको स्वीकृतिको लागि नेपाल राष्ट्र बैकमा पेश गरिसकेको जनाएको छ । नेटवर्थमा उल्लेख्य सुधार भएतापनि विगत वर्षहरुको संचित नोक्सानीको कारणले यस वर्ष बैकले कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।
हाल प्रादेशिकस्तरको पाँच जिल्ला कार्यक्षेत्र रहेको बैकले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन जिल्लामा आफ्नो २५ वटा शाखा र एउटा एक्टेन्सन काउन्टर मार्फत करिब डेढ लाख ग्राहकहरुलाई सेवा दिईरहेको छ ।