मिराज ढुङ्गाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्दै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सर्वपक्षीय सरकार गठनको मागसहित मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक मिराज ढुङ्गानाले देशव्यापी आन्दोलन गर्ने जानकारी दिएका हुन् ।

उनले पत्रकार सम्मेलन मार्फत सोमबार बिहान ११ बजे काठमाडौँको माइतीघर मण्डलामा उपस्थित भई आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । ढुङ्गानाका अनुसार जेनजी आन्दोलनप्रति धोका भएको भन्दै उक्त आन्दोलनको घोषणा गरिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले हालको सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै समस्याको समाधानका लागि सर्वपक्षीय सरकार अपरिहार्य रहेको बताए ।

सिफारिस