काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)द्वारा आज पक्राउ गरिएका सेयर कारोबारी दीपेन्द्र अग्रवालले विभिन्न कम्पनिसँग मिलेमतोमा ठगी गर्ने गरेको पाइएको छ । ब्युरोले सार्वजनिक गरेको विवरण अनुसार दुई वटा कम्पनिको विवरण झूटो मिडियामा प्रचार गराएर अग्रवालले लाखौँ रुपैयाँ ठगी गरेको धितो पत्र बोर्डको अनुसन्धानको आधारमा सिफारिस गरिएपछि उनी पक्राउ परेका हुन् ।
सीआइबीका अनुसार धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार पक्राउ परेका अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनिको सेयर खरिद गरी धितोपत्र ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने र भ्रामक सुचना सार्वजनिक गरि उच्च मुल्यमा सेयर विक्री गरि ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ कानुन विपरित नाफा आर्जन गरेको अभियोग उनीमाथि छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ ”अन्तर्गतको कसूरमा दिपेन्द्र अग्रवाल पक्राउ (2082-09-04
त्यस्तै टिआईएमएस युजर प्रयोग गरि आपसी खरिद विक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको समेत भेटिएको छ । त्यस्तै गरी वीरगन्जस्थित कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मुल्यमा कृत्रिम रुपमा बढाएको समेत उनीमाथि अभियोग छ । उनीसँगै अब सीआइबीले यी दुई कम्पनिलाई समेत अनुसन्धानको दायरामा ल्याउनु पर्ने भएको छ । कर्पोरेट डेभलोपमेन्ट बैंकका अध्यक्ष डा. जैनुद्दिन अन्सारी हुन् भने जोशी हाइड्रोपावरको मालिक गंगा प्रसाद जोसी हुन् ।