कपडा र सुन तस्करी गर्दै आएका भारतीय व्यापारी नरेश अग्रवाल २ करोड नगदसहित पक्राउ

दियो पोस्ट डेस्क  

काठमाडौं । नेपालमा विभिन्न अवैध धन्दा गर्दै आएका भारतीय व्यापारी नरेश अग्रवाल पक्राउ परेका छन् । उनलाई राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो । हुन्डी सुन तस्करी लगायत अवैधन्दा गर्दै आएका उनको साथबाट २ करोड रुपैयाँ बरामद भएको राजश्व अनुसन्धान विभागका उच्च अधिकारीहरु बताउँछन् ।
उनीसहित ३ जना पक्राउ परेको विभागले जनाएको छ ।

क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले संचार माध्यमलाई जनाएका छन् । अग्रवालले नेपालमा सुन, कपडा र सिमालाको तस्करी गर्दै आएका छन् । उनको बौद्दमा मामन स्टोर्स छ । उक्त स्टोर्समै उनी पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।
विभागले अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरेको छ ।

को हुन् अग्रवाल ?

आफूलाई कार्गो व्यावसायी बताउने भारतको दार्जलिङ्ग घर भएका नरेश अग्रवाल मूलत नेपाल मार्फत विभिन्न अवैध धन्दा गर्ने तस्कर हुन् । सि माला र सुन तस्करीमा उनको विशेष भूमिका हुने गरेको छ । तत्कालिन महानगरीय प्रहरी अपराध महासखाका एसएसपी सर्वेन्द्र खनालको समुहले उनको स्वमित्व रहेको बौद्धस्थित मामन स्टोरमा छापा मारेको थियो ।

त्यतिबेला ५ किलो सुन र करोडौं रकम फेला पारेको थियो । चीनको नाका हुँदै भारतीय बजारमा अवैध सुन पुर्याउने धन्दाका नाइकेको रुपमा चिनिएका अग्रवालको यो धन्दा यतिबेला छोराले सम्हाल्दै छ । छोरा विकेश अग्रवालले बाबुको अवैध धन्दा सम्हालेका छन् ।

*यसअघि नरेश अग्रवालको फोटोमा भूलबस असम्बन्धित व्यक्तिको फोटो प्रकाशित भएकाेमा क्षमायाचनासहित हटाइएको छ ।-सम्पादक

https://www.diyopost.com/06/115733/