प्रहरीको फरार सुचीमा नेपाली सेनाका पूर्व रथी चन्द : ६० किलो सुन तस्करीमा ६१ अर्ब बिगो !

दियोपोस्ट संवाददाता  

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाली सेनाका अवकास प्राप्त रथी (जर्नेल) नेपाल भुषण चन्द विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पेवेल नेपालसँग ६१ अर्ब र सजिलो पे पेमेन्टसँग १९ अर्ब दाबी बिगो दाबी गर्दै जिल्ला अदालतमा हिजो दायर भएको अभियोग पत्रमा चन्द पनि फरार अभियुक्त छन् । उनीसहित ६० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

चन्दको नाम ४३ नम्बरमा रहेको छ । चन्द पेवेल नेपाल प्रालीका संचालक समिति सदस्य हुन् । उक्त कम्पनिका अध्यक्ष भिम प्रसाद तिमिल्सिना, पाल्साङ लामा पनि फरार सुचीमा छन् । कम्पनिका अन्य कर्मचारीहरु खेलानन्द प्रसाद सिंह, सत्येन्द्र श्रेष्ठ, प्रज्वल आचार्य, सुरज सम्शेर जबरा र मिन बहादुर दुलाल विरुद्ध मुद्दा दायर भएको छ । उनीहरु विरुद्ध मात्रै ६१ अर्ब ५० करोड ५७ लाख ९ हजार २ सय रुपैयाँ बिगो दाबी गरिएको छ ।

त्यस्तै सजिलो पेमेन्ट सर्भिसेज प्रा.लीका संचालक समितिका सबै पदाधिकारी र कर्मचारी विरुद्ध पनि १९ अर्ब ४६ करोड बिगो दाबी गरेर मुद्दा दायरगरिएको छ ।