सम्पर्कविहीन २९ कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको कारबाही: ७ दिनभित्र उपस्थित नभए सेवाबाटै हटाउने

गैरहाजिर हुनेमा कार्यालय सहयोगीदेखि सईसम्म

दियोपोस्ट संवाददाता

काठमाडौंं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा सम्पर्कविहीन भएका २९ कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

विभिन्न तहका २९ कर्मचारी आफूखुसी गैरहाजिर भएको र सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

गैरहाजिर हुनेहरूमा कार्यालय सहयोगीदेखि नायव निरीक्षक (सई)सम्मका कर्मचारी रहेको प्रधान कार्यालयको सूचनामा उल्लेख छ । उनीहरू २०८० चैत तथा २०८१ वैशाख र जेठदेखि सम्पर्कविहीन भएका हुन् ।

सात दिनभित्र उपस्थित नभए सेवाबाटै हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर

सिफारिस