करेन्ट चाउचाउ अर्थात ‘मन्द बिष’ : ‘पायल्सदेखि क्यान्सरसम्म’को जोखिम !

दियोपोस्ट संवाददाता  

काठमाडौं । पछिल्लो पुस्ताका नेपालीहरुमा ‘जब भोक लाग्छ तब ‘चाउचाउ’ खाने बानी छ । चाउचाउ त्यस्तो परिकार हो जसले भोक मेटाउँछ र जिब्रोलाई लोभ्याउँछ । तर, बजारमा भेटिने यस्ता खाध्य पदार्थले मानव जीवनको स्वास्थ्यमा भने गम्भिर आसर पुर्याइरहेको हुन्छ ।

‘ट्वाक्क पिरो’ खाने नेपालीहरुमा यशोदा फूड्सले उत्पादन गरेको करेन्ट चाउचाउले निकै ठूलो प्रभाव पारेको छ । त्यसैले नेपाली बजारमा मात्रै होइन विदेशमा समेत यो चाउचाउको निर्यात अर्बौं रुपैयाँमा भइरहेको छ । चाउचाउ उत्पादक कम्पनी यशोदा फूड्सले एकै वर्षमा ४ अर्बको कारोबार गरेको तथ्य आमसंचार माध्यममा आइरहेका छन् । तर, यसरी अर्बौंको कारोबार गर्ने यो कम्पनिले उपभोक्ताको जीवनमा भने ठूलो खेलबाड गरिरहेको छ । नेपाली बजारमा अत्याधिक पिरो चाउचाउ उत्पादन गर्दै आएको यशोदा फूड्सको करेन्ट चाउचाउ मानव स्वास्थ्यको दृष्टिकोणमा भने प्राणघातक रहेको पाइएको छ ।

चमकदार विज्ञापनमार्फत उपभोक्तालाई सकेसम्म बढि पिरो चाउचाउ खुवाउने प्रतिष्पर्धा गरिरहेको भान हुन्छ । तर, यसरी पिरो चाउचाउ खुवाउनु उपभोक्ताको जीवनमाथिको ठूलो खेलबाड हो । यसले उपभोक्ता अस्पताल पुग्ने र मालिकहरु भने अर्बपति हुने अवस्था आइरहेको देखाउँछ । पिरोको नाममा अखाध्य वस्तु प्रयोग गरिरहेको यो कम्पनिमाथि आरोप छ । फाइबर रहित मैदाबाट बन्ने चाउचाउमा मानवस्वास्थ्यलाई हानी हुने गम्भिर प्रकृतिका रसायन मिसिएका हुन्छन् । पिरो मसलासँग मिसाएर खाँदा उपभोक्ताहरु विरामी मात्रै परेका छैनन् कतिपयलाई दिर्घकालिन रोग समेत लागेको छ ।

तर, ‘मन्द बिष’ जस्तो यस्ता चाउचाउबारे कमै प्रश्नहरु उठ्ने गरेको छ । ‘पिरो चाउचाउलाई खाजा र खानाको रुपमा खाइरहेका व्यक्तिहरुमा गम्भीर खालका स्वास्थ्य समस्याहरु देखिन थालेको छ । एक हिसाबले भन्ने हो भने पिरो चाउचाउको रुपमा उपभोक्ताहरुले विष खाइरहेका छन् भन्दा उपयुक्त हुन्छ,’ जनस्वास्थ्य विद् डा. अरुणा उप्रेती भन्छिन्,‘पिरो चाउचाउमा प्रयोग हुने फाइबर रहित मैदा, मोनोसोडियम ग्लुटामेट (अजिनोमोटो), रसायन मिश्रित पिरो धुलो र फूड कलरले मानिसलाई गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछन् ।’

उनका अनुसार पिरो चाउचाउका कारण नेपालीहरुमा पाचन प्रणाली बिग्रने, पेट पोल्ने, कब्जियत हुने, पायल्स हुने जस्ता स्वास्थ्य समस्या देखिएका छन् । उनका अनुसार पिरो चाउचाउ खराब खानेकुरा भित्र पर्दछ । जसले मानव शरिरलाई सबैभन्दा बढी असर गर्छ ।

चाउचाउ उत्पादक कम्पनिहरुले उपभोक्तालाई लत बसाउनकै लागि मोनोसोडियम ग्लाटामेट प्रयोग गरेको उप्रेतीको दाबी छ । जसले आम मानिसमा पिरो चाउचाउको बानी ‘लत’ बसेको हुन्छ । तर, आम मानिसहरुलाई आफ्नो पेटमा त्यही रसायनका कारण समस्या भएको थाहा हुँदैन । त्यसैले नेपालीहरुमा ग्याष्ट्रिक आम साझा रोग जस्तो बनेको छ ।

डा. उप्रेतीका अनुसार पिरो चाउचाउले गर्भवती महिला र बालबालीकाको स्वास्थ्यमा गम्भिर हानिकारण गर्दछ । बालबालीकाहरुमा त कुपोषणको सम्भावना समेत हुन्छ ।

पोषणविद् सुप्रिया भट्टराईका अनुसार चाउचाउमा नुन धेरै नुन र तेल हालिने गरेको बताउँछिन् । यस्ता चाउचाउहरु आम मानिसका लागि घातक हुने उनको भनाई छ ।

चाउचाउबाट हुन्छ क्यान्सरको जोखिम

करेन्टमात्रै होइन कुनैपनि इन्स्ट्यान्ट चाउचाउमा प्राणघातक बिसफेनोल (बिपिए) प्रयोग भएको हुन्छ । विशेषरी यो प्याकेजिङका लागि प्रयोग गरिन्छ । यदि तपाईं नियमित यस्ता चाउचाउ खानुहुन्छ भने तपाईंलाई क्यान्सरको जोखिम हुने गर्दछ भनेर भारतीय एक संचार माध्यमले लेखेको छ । विशेषगरी मानव शरिरको पाचन प्रणालीमा असर गर्ने र आन्द्रामा क्यान्सर हुने विज्ञहरुको भनाई छ । यदि महिलाले हप्तामा दुई पटक चाउचाउ खान्छिन् भने उनलाई ६८ प्रतिशत पेटको क्यान्सर हुने खतरा रहन्छ ।

करेन्ट खैनी उत्पादकले उत्पादन नेपालमा करेन्ट चाउचाउ !

नेपालमा आम मानिसको ज्यानै लिने सुर्तिजन्य पदार्थ उत्पादकहरु मध्ये प्रमुख हो–श्रीराम टोबाको । रुपन्देहीको बुटवलमै रहेको यो कम्पनिले सुर्तिजन्य पदार्थ जस्तै करेन्ट नामकै सुर्ती उत्पादन गर्छ । यो कम्पनिका मालिकहरु हुन्–कमल किशोर मालपानी, चुन्न प्रसाद शर्मा पौडेल, श्रवण कुमार बेरिवाल, बलराम अधिकारी, राम प्रसाद ढकाल, उमादेवी शर्मा र टानबहादुर पाण्डे । उनीहरुले नेपालमा करेन्ट चाउचाउ उत्पादक कम्पनि यशोदा फूड्स संचालनमा ल्याएका हुन् । यो कम्पनिले उत्पादन गरेको करेन्ट खैनी खाएर महोत्तरीमा एक जनाको ज्यान गएको थियो ।

महोत्तरी गाउँपालिका वडा नमबर ५ घर भएका ५५ वर्षीय सुर्यनारयाण शाहले करेन्ट नामक गुट्खा खाएर ज्यान गुमाएका थिए । ज्यानै गएको यो घटनामा कम्पनिमाथि छानबीन समेत भएन । सुर्तिजन्य पदार्थ जस्तै चाउचाउलाई पनि लतको रुपमा विकास गरेर आम मानिसको जीवनमाथि यो समुहले खेलबाड गर्दैं आएको छ । कम्पनिका सबै मालिकहरुमाथि राजश्व छलीको मुद्दा समेत विचाराधिन छ । उनीहरुले राज्यलाई १० करोड राजश्व छली गरेको भन्दै राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो । कम्पनीका मुख्य मालिक कमल किशोर मालपानी नेपालमा सुपारी तस्करी गर्ने मुख्य व्यक्ति भएको समेत आरोप छ ।

सिफारिस