
काठमाडौं । बुधबार सौर्य एयरलाइन्सको जहाज दर्घटनामा ज्यान गुमाएका आफन्तहरुले विभिन्न माग राखेका छन् ।
त्रिवि शिक्षण अस्पतालले जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शव जिम्मा लगाउन थालेपछि आफन्तहरुले विभिन्न माग राखेका हुन् । अस्पतालका अनुसार अहिलेसम्म को पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव भने आफन्तले बुझेका छन् ।
यी बाहेक अन्य मृतका आफन्तहरुले बीमा रकम सुनिश्चित लगायतको माग राख्दै शव बुझेका छैनन् ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका आफन्तहरूले विभिन्न माग राखेका छन् ।
त्रिवि शिक्षण अस्पतालले जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव जिम्मा लगाउन थालेपछि आफन्तहरूले विभिन्न माग राखेका हुन् । अस्पतालका अनुसार अहिलेसम्म को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव आफन्तले बुझेका छन् ।
उनीहरुले बीमाको रकम कति पाउने र कहिलेसम्म पाउने, कार्यालयको कामको सिलसिलामा मृत्यु भएकाले सौर्य एयरलाइन्सबाट के कति क्षतिपूर्ति पाउने, मृतक परिवारको शिक्षा, रोजगारी, मृतकका परिवारलाई मानिसिक परामर्श तथा पुनर्स्थापना, मृतकको आश्रित परिवारको हकमा, मृतकको नागरिक लगानी कोषमा जम्मा भएको रकम वा सञ्चय कोष तथा सामाजिक सुरक्षा कोषको रकमका बारेमा दाहा संस्कार तथा कृयाको खर्च, शव वाहनको व्यवस्था र सरकारको तर्फबाट पनि क्षतिपूर्तिको माग गरेका छन् ।