
snake-at-taudaha
काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ। प्रधानविरुद्ध यौन दुर्व्यवहारको आरोपमा संसदीय समितिमा उजुरी परेकाे छ। प्रधानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको संवैधानिक परिषद्को गत असार २ को बैठकले आयुक्तमा सिफारिस गरेको थियो।
संसदीय समितिकाे बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि आएको उजुरी गम्भीर र जटिल रहेको बताएका छन् ।
बुधबार संसदीय सुनुवाइ समितिमा जारी सुनुवाइका क्रममा उनले प्रधानलाई आफूमाथि उजुरी पर्दा कस्तो आभास भएको छ भनेर सोधे । ‘तपाईंको योग्यता र अनुभवमा प्रश्न छैन । तर, तपाईंविरुद्धको उजुरी जटिल र गम्भीर छ । तपाईंमाथिको आरोप हेर्दा तपाईंलाई कस्तो आभास होला ?’, सांसद कार्कीले सोधे ।
यस्तै, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानलाई आफूविरुद्ध लागेको आरोपको कसरी बचाउ गर्नुहुन्छ भनेर प्रश्न गरेका छन् । ‘गम्भीर प्रश्न समाजमा छन् । तीन चार वटा उजुरी एउटै खालको छ । तपाईंलाई (प्रस्तावित पदमा) अयोग्य ठानेमा कसरी आफ्नो बचाउ गर्नुहुन्छ ?’
यता राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्त नगर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।
विभिन्न अभियोगमा छानबिन प्रक्रियामा रहेका एवं सामाजिक र नैतिक रूपमा विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्तिका लागि
सिफारिस भएको विषयमा ध्यानाकर्षण भएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्तीमार्फत जनाएका छन्।
सम्बन्धित समाचार
निर्वाचन ‘आयुक्त’ सिफारिस प्रधानको ‘अपराध’ : ३ वर्षदेखि बलात्कृत महिलालाई करोड दिएर मिलाए