काठमाडौं । गत आइतबार मात्रै निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भए । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको वैठकको निर्णयअुसार संवैधानिक परिषद्ले सिफारिस गर्यो ।
यसअघि प्रधान नेपाल कानुन समाज नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देकका रुपमा कार्यरत थिए । कानुन समाजको निर्देशक हुँदा नै उनीमाथि यौन दुव्र्यवहारको मुद्दा परेको थियो । उनीबाट पीडित ति महिलालो यौन शोषण गरेको भन्दै गत भदौ २४ मा काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।
उनले लामो समयदेखि अनेकन प्रलोभन देखाएर आफूमाथि प्रधानले यौन शोषण गरेको बयान दिएकी थिइन् । महिलाका अनुसार प्रधानले यौन शोषणलगायत नानाथरी गालीगलौज गर्ने, पागल, हैसियत नभएको आईमाई, बेवारीसे आईमाई भन्दै अनेकन लाल्छना समेत लगाउने गरेका थिए । लामो समयसम्म आफूमाथि कृष्णमानले यौनशोषण गर्दा कानूनी व्यवस्थाबारे जानकार नहुँदा आफूले अत्याचार सहेर बस्नु परेको पीडित महिलाको भनाइ छ । त्यसैमाथि पुरुषप्रधान देशमा गल्ती नहुँदा पनि महिलामाथि नै समाज खनिने डरले लामो समयसम्म आफू चुप बस्नु पर्ने दुःख उनले सुनाएकी थिइन् ।
पछि राजनीतिक शक्ति र पैसाको आडमा यो मुद्दा मिलाइएको थियो । प्रधान नेकपा एमाले निकट हुन् ।
