सुनको मूर्ति भन्दै ३० लाख ठगी, १४ लाख नगदसहित ५ जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं। सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।

काठमाडौं जिल्ला प्रहरीको टोलीले भारतको उडिसाका ४० वर्षीय कलाकार दाससहित ५ जना नेपालीलाई पक्राउ गरेको छ। कलाकार दाससहित म्याग्दीका ६४ वर्षीय क्षेत्र बहादुर शाही, धादिङ निलकण्ठ–२ का ३८ वर्षीय दिपक थापा रहेका छन् । त्यस्तै दाङका ३५ वषीय बसन्त चौधरी र काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने ५५ वर्षीय रविन महर्जन रहेका छन् ।

प्रहरीका अनुसार दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा विक्री गरेका थिए। तर नक्कली भएको पाइएपछि पीडितले प्रहरीलाई सम्पर्क गरेका थिए।

प्रहरीले पक्राउ परेकाको साथबाट १४ लाख रुपैयाँ नगद बरामद गरेको छ।