डिपिएलमा महंगा खेलाडी ७ जना, कुन टोलीमा कुन खेलाडी आवद्ध भए ? (विवरणसहित)

Diyo post  

काठडमाडौँ , पुष २१ । धनगढी प्रिमियर लिगका लागि खेलाडीको अक्सन ७ खेलाडीले अधिकतम मुल्य पाएका छन । त्यसमा अधिकतम राष्ट्रिय खेलाडी छन् । प्रदिप ऐरी, आरिफ शेख, ललित भण्डारी र विनोद भण्डारी लगायतका खेलाडीहरु सबैभन्दा महंगोमा अनुवन्धित भएका हुन् ।

होटेल अन्नपुर्णमा भएको अक्सनमा सुरुवाती तीन खेलाडी विक्रि भएनन् । यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्रावधान बनाएको अक्सन खुल्ला रुपमा गरिएको हो । जसमा प्रदिप ऐरी अधिकतम दुई लाख ५० हजारमा रुपन्देहीले ड्र बाट टिममा भित्र्यायो । उनलाई खरिद गर्न तीन टिम बीच प्रतिस्पर्धा चलेको थियो ।

यस्तै ललित भण्डारीले पनि दुई लाख ५० हजारमा रुपन्देहीले खरिद गर्यो । ललितको बेस प्राइस एक लाख ५० हजार र प्रदिपको ५० हजार रहेको थियो । यस्तै आरिफलाई महेन्द्रनगरले महंगा रकममा अनुबन्ध गर्यो । विनोदलाई पनि रुपन्देहीले चिठ्ठाबाट टिममा भित्र्यायो । यस्तै पवन सराफ २ लाख ५० हजारमा ड्र बाट धनगढीले लियो भने भिम शार्की सोहि रकममा ड्र बाट रूपन्देहीले लिन सफल भए । ललित नारायण राजवंशी २ लाख ५० हजारमा काठमाडौंले किन्यो ।

बाँकि विक्रि भएका खेलाडी यसप्रकार रहेका छन ।

अविनाश बोहरा, राष्ट्रिय टिममा पहिलो पटक परेका खेलाडी २२ बर्षे खेलाडीलाइ १ लाख ७० लाखमा महेन्दनगर युनाइटेड

कुशल भुर्तेल, भैरहवाका खेलाडी दायाँ हाते ब्याट्सम्यान र बलर १ लाख ६० हजारमा बिराटनगर

सौरभ खनाल, १ लाख बेस प्राइस, धनगढी स्टार्सले १ लाख ६० हजारमा किने

हरीबहादुर चौहान, ९५ हजारमा धनगढी

सन्दिप सुनार, ८० हजार बेस प्राइस, १ लाख १० हजारमा रूपन्देही

अमित श्रेष्ठ, बेस रकम ५० हजार, १ लाख ८० हजारमा धनगढी

किशोर महतो, बेस प्राइस ७० हजार बेस प्राइस, १ लाखमा विराटनगर

विक्रम भुषाल ७० हजार बेस प्राइस, १ लाख ६० हजारमा काठमाडौं

भुवन कार्की, १ लाख बेस प्राइस, २ लाख १० हजार

मो। आरिफ शेख, बेस प्राइस १ लाख, महेन्द्रनगरले २ लाख ५० हजार

रासिद खान, १ लाख ७० हजार काठमाडौं

अमरसिंह राउटेल, १ लाख २० हजारमा महेन्द्रनगर

मो। आशिफ शेख, बेस प्राइस १ लाख रूपैया, १ लाख ८० हजारमा विराटनगर

प्रेम तामाङ, बेस प्राइस, ५० हजारमा अत्तरीया

ललित नारायण राजवंशी, १ लाख ५० हजार बेस प्राइस, २ लाख ५० हजारमा काठमाडौं

राजु रिजाल, बेस प्राइस ७० हजार, धनगढीले ७५ हजारमा

आदिल अन्सारी, ३० हजार बेस प्राइसमा अत्तरीया

रवीन क्षेत्री, ३० हजार बेस प्राइस, धनगढीले ३५ हजारमा

सुरज दराइ, ३० हजार बेसप्राइसमा रूपन्देही

पृथु बास्कोटा, १ लाख २० हजार बेसप्राइसमा विराटनगर

सन्दिप रजाली, ४०हजार बेसप्राइसमा धनगढी

नन्दन यादव, ५० हजार बेसप्राइसमा काठमाडौं

रामनरेश गिरी, ७५ हजार बेसप्राइसमा अत्तरीया

अनिलकुमार शाह, १ लाख बेसप्राइस, राष्ट्रिय टिमका सदस्य, १ लाख ७० हजारमा काठमाडौं

सन्दिप जोरा, ७० हजार बेसप्राइस, २ लाख ३० हजारमा अत्तरीया

सोनु तामाङ, ६० हजार बेसप्राइस, ६५ हजारमा काठमाडौं

हरीशंकर शाह, ९० हजार बेसप्राइसमा विराटनगर

सुसन भारी श्रेष्ठ, १ लाख बेसप्राइसमा विराटनगर

सुनील धमला, १ लाख २० हजार प्राइस, १ लाख ८० हजारमा धनगढी

दिलीप नाथ, ७५ हजार बेसप्राइसमा महेन्द्रनगर

रोहितकुमार पौडेल, अहिलेको चम्किदो खेलाडी, १ लाख बेसप्राइस, २ लाख ३० हजारमा महेन्द्रनगर

खगेन्द्र जोशी, ३० हजार बेसप्राइसमा अत्तरीया

शुर्य तामाङ, ३० हजार बेसप्राइस, ५० हजारमा काठमाडौं

साहल आलम, ६० हजार बेसप्राइसमा महेन्द्रनगर

योगेन्द्रसिंह कार्की, ७० हजार बेसप्राइसमा काठमाडौं

सन्तोष भट्ट, ३० हजार बेस प्राइसमा महेन्द्रनगर

विक्रम सोब, तेजगतिका बलर, ६० हजार बेसप्राइसमा रूपन्देही

सिद्धान्त लोहनी, ७० हजार बेसप्राइसमा महेन्द्रनगर

कुशल मल्ल, ५० हजार बेसप्राइसमा महेन्द्रनगर

सुबिन्धु पाण्डे, ५० हजार बेसप्राइसमा अत्तरीया

पवन सराफ, १ लाख ५० हजार बेसप्राइस, २ लाख ५० हजारमा ड्र बाट धनगढी

भिम शार्की, ५० हजार बेसप्राइस, २ लाख ५० हजारमा रूपन्देही

सम्बन्धित खबर