स्पेनको दश तले भवनमा आगलागी, तीन जनाको मृत्यु

Diyo post  

बाडालोना, स्पेन, पुस २१ । स्पेनको उत्तरपूर्वी भेगमा रहेको एक अपार्टमेन्टमा शनिबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक बालक सहित अरु १६ जना घाइते भएको पनि उद्धारकर्मीहरुले बताएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान शुरु भएको छ । प्रहरीले आगलागीबाट मृत्यु भएकाहरुको पहिचान गरिसकेको पनि जनाएको छ ।

घाइतेमध्ये बच्चा र अरु दुई व्यक्तिको अवस्था गम्भीर रहेको छ । आगो बिहान मात्र नियन्त्रणमा आउन सकेको थियो । दश तल्ले उक्त भवनको बाहिरी भाग पूरै कालो भएको छ । (रासस/एएफपी)

सम्बन्धित खबर