रवि लामिछानेको विषयमा पत्रकार विनोद त्रिपाठी लेख्छन्, ‘वास्तविकता नबुझी धारणा बनाउनु हिंसा हो’

Diyo post  

काठमाडौँ, पुष २२ ।


छि हाम्रो मानसिकता देख्दा लाग्यो, ‘यो देश सतिले सरापेकै हो ।’ लाखौंको भीड पनि यति खराब हुन्छ भने भोली नेपाली समाज कता जाला ? रवि लामिछानेको सम्बन्धबिच्छेदको जिन्दगी र अतितका सुख दुख, अन्तरंग सम्बन्धहरुलाई कुरै नबुझी उछालेर हामी आत्मरतीमा मजा लिइरहेका छौं । छि छि हाम्रो सोच अनि दृष्टि । हामी संसारका उत्कृष्ट देशका नागरिकको तुलनामा घृणा गर्न पनि लायक रहेनछौं । आज यहि समाज भित्र कलिला अबोध बालिका माथि सोच्न न सुन्नै नसक्ने जघन्य अपराध भइरहेको छ । कहिल्यै यसरी नि ति अपराधी बिरुद्ध यो समाज खनिएको छ ? अहिलेसम्म यहि भीडले कसैलाई न्याय दिएको छ ? छैन , किनकी हाम्रो यो समाजको भीड अपराधबाट जन्मिएका सन्तानहरुकै एक जमात भएको स्पष्ट प्रमाणित गरिदिएको छ । एउटा रविले यहि समाजमा २÷४ जनालाई न्याय दिलाउने बाटो देखाइदियो । कतिको त यहि रविले ज्यान बचायो । सरकारको ज्यादती बिरुद्ध आवाज उठायो । दलहरुका अपराध र भ्रष्टाचारलाई उजागर गरिदियो । आज यहि रविलाई यो देशबाट फेरि खेद्दैछौं ? थुक्क हामी, थुक्क हाम्रो विवेक । हाम्रो यो घृणित समाजले रविलाई भीरबाट धकेल्दा निम्न कुरा किन ख्याल नगरेको ?

१, के हरेक माानिसका जिवनमा मित्रता, प्रेम, सम्बन्ध, सम्बन्धबिच्छेद हुँदैन ? यस्ता बिषयमा टिप्पणी गर्ने हामी कस्तो मनोदशाबाट गुज्रिएका छौं ?
२, १८ बर्ष उमेर पुगेपछि हुने भौतिक र प्रेममय सम्बन्धहरु हाम्रो कानुनले रोकेको छ ? बिकसित मुलुकमा त यो सबैभन्दा ठुलो अधिकार नै मानेको छ । के अब हरेक मानिसका युबाअबस्थाका सम्बन्धहरु कोट्याएर मानिसका निजी जिवनलाई समाप्त पार्न खोज्दैछौं ?
३, सम्बन्धबिच्छेद भइसकेपछि त्यो च्याप्टर स्वत समाप्त हुन्छ । संसारमा कहिं सम्बन्धबिच्छेदलाई फेरि ब्युँत्याएर उसलाई बदनाम गर्ने चलन छ ? संसारमा नभएको यो कस्तो अपराध मानसिकता हो ? हरेक सम्बन्धहरु सहमतिमै हुन्छन् । यस्ता सम्बन्धहरुमा दुबैजना बराबरी जिम्मेवारी हुन्छन् । सम्बन्धहरु जसरी जोडिन्छन् त्यसरी नै टुट्नु कुनै एकजनाको मात्र दोष हुँदैन । दुबैजना उति नै भागीदार हुन् । यसमा हिंसाको कुरा हुँदैन । दुइजना बिचको असहति मात्र हो । 

४, अब्राहम लिंकनले ३ वटी बिबाह गरे । परिवार सुखद भएन । भगवान गौतम बुद्धले घरै छोडेर हिंडे । नेपालमा सुवास नेम्वाङ, मोहनबिक्रम सिंह, भुवन केसी, उदितनारायण झा लगायतले दोस्रो तेस्रो पटकसम्म बिबाह गरेर आफ्नो जिवनलाई सुखद बनाउने प्रयास गरे । 

५, हिंसा त्यो हो जस्ले एउटाले मनोरञ्जन लिन्छ, अर्कोले पिडा भोग्छ । दुबै पीडित हुँदा त्यो हिंसा होइन, असमझदारी मात्र हो । पद, पैसा र शक्तिको आडमा आक्रमण, धम्की, ब्लाकमेल वा बन्धक बनाएमा मात्र त्यो हिंसा हो । सम्बन्धहरुमा हुने तिक्तता कहिल्यै हिंसा हुँदैन ।

६, सार्बजनिक ब्यक्ति र सेलिब्रेटीको जिवन अरुलाई चासो हुनु स्वभाविक हो । तर, भित्रको बास्तविकता नबुझी धारणा बनाउनु पनि हिंसा हो ।
७, अरुलाई उक्साउने, भड्काउने, हिंसा फैलाउने, गलत बाटोमा धकेलिदिने सबैभन्दा ठुला अपराध हुन् । हरेक मानिसका ब्यक्तिगत जिवनमा कुनै न कुनै रहस्यमय घटना लुकेका हुन्छन् । 

८, प्रत्येक मानिसका कुनै न कुनै कमजोरी लुकेका हुन्छन् । त्यो आज नभएपनि भोलीको जिवनको अन्तसम्म अबस्य हुन्छन् । कमजोरी होइन, गुणले समाज र देशलाई के फाइदा दियो त्यो महत्वपुर्ण कुरा हो । त्यसैले २६ सय बर्ष अगाडीका भगवान गौतम बुद्धका कमजोरी हामीलाई याद छैन । तर, उनका ज्ञान हामी सम्झिरहेका छौं ।

९, सम्बन्धबिच्छेदले पीडितहरुले नै स्वंय पिडा भोगेका हुन्छन् । किन हामी झन पिडा थपिदिने ? यो अर्को हाम्रो अपराध होइन ? कोहि कसैलाई सम्बन्धबिच्छेद गर्न वा आफ्नो परिवार भाँड्न रहर हुँदैन । यसलाई मजाकको बिषय बनाएर नानाथरिका अर्ति, उपदेश, गाली, धारणा बनाएर अन्याय किन गरिरहेका छौं ?

१०, रवि खराब भएको भए सार्बजनिक जिवनमा आउँदैनथे होला । गिनिजवुकमा नाम लेखाउन त्यो चर्चा बटुल्दैनथे होला । गलत उद्धेस्य राख्ने भए किन यो नाम कमाउनु पथ्र्यो र ? गुमनाम भएरै खराब काम गर्दे हिंड्थे होलान् नि । हामी हरेक ब्यक्तिको सफलतालाई चुचुरोबाट तल झार्न अनेक बिषय खोज्छौं । र हाम्रो समाजलाई अझ अन्धकारमा धकेल्न चाहन्छौं । कस्तो बिडम्बना । के आज रवि लामिछानेको सफलता नै शत्रु बनेर पहाड बनिदिएको हो ?

विनाेद त्रिपाठीकाे फेसबुक बाट ।

सम्बन्धित खबर