काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । स्रोतका अनुसार पछिल्लो समय गृहमन्त्री गुरुङमाथि उठेका विभिन्न विवादका विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गर्न उनी प्रधानमन्त्री कार्यालय पुगेका हुन्।
विचौलिया दिपक भट्ट र शंकर समुहसँग पार्टनरसिप लिएको तथ्य बाहिरिएपछि गृहमन्त्रीले राजिनामा दिनुपर्ने भन्दै सरकारभित्रै दबाब बढिरहेको छ।
प्रधानमन्त्री शाहले यसअघि नै गृहमन्त्रीसँग स्पष्टीकरण मागेको बताइएको छ। सोही सन्दर्भमा पछिल्लो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। स्रोतका अनुसार भेटमा गृहमन्त्रीको पदमा निरन्तरता वा राजीनामाबारे छलफल केन्द्रित रहेको अनुमान गरिएको छ।
सरकार गठन भएको छोटो समयमै मन्त्रीस्तरमै विवाद देखिन थालेपछि सत्तारूढ पक्षभित्र समन्वय र विश्वासमा चुनौती देखिएको विश्लेषण गरिएको छ।