पाँचथरको सप्तमि बजारमा हावाबाट बिजुली उत्पादन सुरु

Diyo post  

पाँचथर पुष २२ । पाँचथरको मिक्लाजुङ गाउपालिका–२ स्थित सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ । दुई वर्षअघि यस क्षेत्रमा परिक्षणका लागि राखिएको वायु ऊर्जाको टावरबाट बिजुली उत्पादन सुरु गरिएको हो ।

टावरमा जडान गरिएको दुईवटा विन्डर (पंखा) मार्फत अहिले २० किलोवाट बिजुली उत्पादन भइरहेको उपभोतmा समितीका अध्यक्ष गंगा आङदेम्बेले जानकारी दिएका छन् । वायु ऊर्जाबाट २० र सौर्य ऊर्जाबाट ५० गरि ७० किलोवाट बिजुली उत्पादन भइरहेको अध्यक्ष आङदेम्बेको भनाई रहेको छ ।

सौर्य ऊर्जाका लागि १५२ वटा सोलार प्यानल राखिएको छ । सप्तमि बजारका १ सय १० घरधुरि लाभान्वित हुनेगरि वायु र सौर्य ऊर्जाको समन्वयबाट बिजली निकालिएको मिक्लाजुङ–२ का वडासदस्य सन्तकला मगरले बताइन् ।

एसियालि विकास बैंकको ४ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगमा वायु–सौर्य ऊर्जाबाट बिजुली निकालिएको हो । कुल लागतको १० प्रतिशत भने स्थानियको लगानि रहेकोे छ ।

योजनाको जिम्मा काठमाडौँको टपसन इनर्जी कम्पनी र मोरङको कृष्ण ग्रिल कम्पनी जेभि विराटनगरले पाएको थियो । वायु र सौर्य ऊर्जाबाट घरघरमा बिजुली बल्न थालेपछि सप्तमि बजारबासिमा खुसियालि छाएको छ ।

सम्बन्धित खबर