काठमाडौँ, माघ १६ । विसं २०६१ माघ १९ को शाही घोषणाबाट सम्पूर्ण कार्यकारी अधिकार राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिएपछि राजनीतिक दलमाथि अघोषित प्रतिबन्ध लाग्यो । ती दलसँग आन्दोलनको विकल्प थिएन । आन्दोलनलाई चर्काउने योजनाअनुसार काम अघि बढ्न थाल्यो । माघ २६ गते घोषित नगर निर्वाचन बहिष्कार गर्ने क्रममा घोराहीमा शान्तिपूर्ण प्रदर्शन भैरहेको थियो ।
खासगरी माओवादी आन्दोलनबाट अलि धेरै नै प्रभावित जिल्ला हो दाङ । त्यसकारण पनि आन्दोलनमा अन्य दलको समेत सहभागिता थियो । आन्दोलनमा सर्वसाधारणको यति धेरै सहभागिता थियो कि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले त्यसलाई थाम्न सक्नु त धेरै परको कुरा त्यसलाई राम्रोसँग हेर्न पनि नसक्ने अवस्थामा थिए । त्यो दिन घोराहीमा जनसागर उर्लिएको थियो । जब आन्दोलनको नेतृत्व गर्दै नेकपा एमालेका जिल्ला परिषद् सदस्य उमेशचन्द्र थापा अहिलेको शहीद मार्ग हुँदै अगाडि बढिरहेका थिए , यही जुलुशमाथि तत्कालीन शाही सेनाले गोली वर्षायो र एमालेका जिल्ला परिषद् थापाको ज्यान गयो । जनआन्दोलन २०६२–६३ को प्रथम शहीद थिए उनि ।
त्यस घटनामा घाइते भएका कृष्ण गिरी सम्झन्छन्, त्यतिबेला शाही सेनाले गाली चलाउनुपर्ने अवस्था थिएन । आन्दोलन निक्के शान्तिपूर्ण थियो । अहिलेको रेडियो मध्यपश्चिम अगाडी त्यो समय झाङहरु थिए । माथि ब्यारेबाट आएको सेनलो एक्कासी गाली चलायो । मेरो पैतालमा, एउटा कोखामा र एउटा अर्को खुट्टामा गोली लागेपछि म ढले । उता उमेश पनि ढले । उमेश घटनास्थलमा नै शहादत भएका थिए । त्यसको केहीबेर पछि नै सेनाले नै कृष्णलाई तत्कालीन महेन्द्र अस्पतालमा लगेर उपचार गरेको थियो । यी सबै कुरा आफुलाई याद भएको कृष्ण बताउँछन् । थापालाई एउटा गोली लागेको थियो । नाइटोभन्दा ठिक तल गोली लागेर ढलेका थापा फेरि कहिल्यै उठेनन् ।
को हुन् उमेश थापा
उमेशचन्द्र थापा प्यूठानमा जन्मिएका थिए । विसं २०१२ असोज १० गते उनको जन्म भएको थियो । आमा फनिदेवी र बुवा भोज बहादुर थापाको कोखबाट । बरौलामा जन्मेका थापा समाजप्रति कर्तव्यनिष्ठ, न्यायप्रेमी, शाहसी र निडर नेताको रुपमा परिचित हुँदै आए ।
शिक्षाको कुरा गर्दा उनले स्नातकसम्मको अध्ययन पुरा गरेका थिए । प्युठानकै बिजुली गाविसमा रहेको तत्कालिन जना मावि र मुक्ति विद्यालयमा अध्ययनपछि दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक गरेका हुन् । अध्ययनको क्रममा दाङ आएका थापो विद्यार्थी राजनीतिमा समेत प्रवेश गरिसकेका थिए ।
प्युठानकै वामपन्थी आन्दोलनबाट प्रभावित भएर उमेशले प्युठानबाटै राजनीतिक जीवन शुरु गरे । कम्युनिष्ट घटकको रुपमा उनले राजनीति शुरु गर्दा विद्यार्थी राजनीतिको अवस्थासमेत कमजोर थियो । तत्कालीन नेकपा मालेको सम्पर्कमा रहेर महेन्द्र बहुमुखी क्याम्पसमा उनले काम गरेका बेला उनले राजनीतिमा पुर्याएको योगदान अतुलनीय रहेको स्थानिय नेताहरु बताउँछन ।
वि.सं २०३५÷०३६ तिरको वामपन्थी विद्यार्थी आन्दोलनका कारण उमेशको छवि वजनदार बनको उनका समकक्षीहरु बताउँछन् । थापा विद्यार्थी राजनीतिकै कारण तलसीपुरमा चार महिना जेलसमेत बसेका थिए । उनले आफ्नै स्वामित्वमा एक प्रेस समेत स्थापना गरेका थिए ।
समकक्षीको नजरमा उमेश
उमेशको मृत्युपछि उनको कामको प्रशंसा गर्नेहरु पनि कम छैनन् । उनले पार्टी र समाजमा पुर्याएको योगदानका बारेमा सबैले खुलेर प्रशंसा गर्छन् । सोही आन्दोलमा घाइते भएका कृष्ण गिरि सम्झन्छन् त्यसबेला गोली लागेर उमेश लडेका थिए । सेनाको गाडी आयो । उमेशलाई दुइजनाले जुरुक्क उचाल्यो र काठको मुडा फालेझैँ गाडीमा फाल्यो । तर उमेशलाई मान्नुपर्छ । त्यो दिन जनसागर थियो घोराहीमा । त्यसको अघिअघि थिए उमेश । उनले देखाएको वीरतको कारण उनको चर्चा अझै चल्ने गर्दछ ।
जीवनको २१ वर्ष सँगै बिताएकी एञ्जला आफ्नो भन्दा पनि बढी समाजका बारेमा सोच्ने ब्यक्तिका बारेमा उमेशलाई चिनाउँछिन् । उनि भन्छिन्, श्यामले चाकडी गर्न भने कहिल्यै जान्नुभएन’
थापाले शहादत प्राप्त गरेको १३ वर्ष पुगेको छ । शहीद थापाको सम्मानमा घोराहीमा द्वार निर्माण गरिएको छ र त्यो सडकको नामकरण उमेश मार्ग भनी राखिएको छ