कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि देशभर सुरु भएको छ। माध्यमिक शिक्षाको अन्तिम चरण मानिने यो परीक्षा आगामी वैशाख २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार यस वर्ष परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार ८ सय विद्यार्थी सहभागी भएका छन्। परीक्षा व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न देशभरका परीक्षा केन्द्रहरूमा आवश्यक तयारी गरिएको जनाइएको छ।

परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रशोधन लगायतका काम तीव्र रूपमा अघि बढाइने बोर्डको योजना छ। सोही अनुसार परीक्षा सकिएको करिब डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

सिफारिस