नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म काठमाडौँमा हुने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ । पार्टीको केन्द्रीय संयोजन समितिको हालै बसेको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, पार्टी निकट जनवर्गीय संगठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र संघीय, प्रदेश, पालिका र वडा तहका संगठनहरूको समायोजन कार्य सम्पन्न गर्ने कार्ययोजना पनि तय गरिएको छ ।

बैठकले आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशनहरू सम्पन्न गर्ने निर्णयसमेत गरेको छ । उक्त निर्णयहरू पार्टीको माथिल्लो निकायबाट अनुमोदन भएपछि कार्यान्वयनमा जाने जनाइएको छ ।

सिफारिस